को को छानिए व्यास नगर साइनिङ स्टारको लागि टप २० मा ? (नामावली सहित)

बाल प्रतिभाको उजागर गर्ने उदेश्यले जेसिआई व्यास नगरको आयोजनामा हुने व्यास नगर साइनिङ स्टारको नवौँ संस्करणको लागि २० जना बालवालिका छनोट भएका छन् । व्यास नगर साइनिङ स्टारका लागिसाउन १२ र १३ गते सम्पन्न अडिसनबाट टप २० बालबालिका छनोट भएका छन् ।

टप २० मा पर्नेमा सत्यवती माविका उज्वल गुरुङ, सदिक्षा राना मगर, व्यास दिव्यज्योति बोडिङ स्कुलका एन्जल थापा, बाराही आवसिय माध्यमिक विद्यालयका सरगम श्रेष्ठ, संस्कार खाँड ठकुरी, विनिसा श्रेष्ठ, युषिका थापा मगर छन् । त्यस्तै तनहुँ ज्ञानगंगा इङलिस बोडिङ्ग स्कुलका विवेक विक, न्यू मनकामना सेकेण्डरी स्कुलका अस्मा भण्डारी र एस्ली ठकुरी, दमौली मोडल एकेडेमीका सदिक्षा थापा मगर, रितु थापा, प्रशंसा खड्का, अभा श्रेष्ठ, आदर्श विद्या गृहका सृष्टी थापा मगर, कन्काई ग्लोबल एकेडमीका रिद्धि रानाभाट, प्रिन्सा गुरुङ, पराशर सेकेण्डरी स्कुलका लिडिया बयालकोटी, दमौली सेकेण्डरी स्कुलका स्रितिका प्रधान, गोरखकाली सेकेण्डरी बोर्डिङ स्कुलका चेतना कटुवाल छनोट भएका हन् ।

बालबालिकाहरुको अन्तरनिहित प्रतिभा प्रष्फुटनको एउटा उत्कृष्ट प्लाटफर्मको रुपमा पहिचान स्थापित गरेको व्यास नगर साइनिङ्ग स्टारको फाइनल आगामी भदौ १५ गते हुने जेसिआई व्यास नगर अध्यक्ष राजु रानाले बताए ।

एक महिने प्रशिक्षण, तालिम र विभिन्न अवलोकन भ्रमण गराएपछि अन्तिममा ४ जना निर्णायकहरुको निर्णयबाट उत्कृष्ट हुने प्रतिभा व्यास नगर साइनिङ्ग स्टार घोषणा कार्यक्रमका मुल संयोजक अजर नागिलाले जानकारी दिए ।

जेसीआइ व्यास नगरका महासचिव सुनिल श्रेष्ठले अडिसनबाट छनोट भएका २० जना बालबालिकाहरुलाई एक महिनासम्म विभिन्न विधाका प्रशिक्षण र तालिम प्रदान गरिने बताए । व्यास नगर साइनिङ्ग स्टार २०२३ को उपाधि जित्नेलाई नगद रु २५ हजार २३, ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै फस्ट रनर अफले १५ हजार, २३ र सेकेण्ड रनर अफ हुनेलाई १० हजार, २३ सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । १० विधामा उत्कृष्ट हुनेलाई २ हजार रुपैयाँ सहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.