वैदिक पुरोहित समाज तनहुँको अध्यक्षमा तुल्सीराम उपाध्यय पौडेल

तनहुँ २३ साउन

वैदिक पुरोहित समाज तनहुँको अध्यक्षमा तुल्सीराम उपाध्यय पौडेल निर्वाचित भएका छन् । समाजको सोमवार व्यास क्षेत्रमा सम्पन्न पाचौँ साधारणसभा तथा चौथो अधिवेशनबाट पौडेलको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिति सर्वसम्बत रुपमा निवाचित भएको हो । समाजको उपाध्यक्षमा शिवराम जोशी र नारायण शरण तिवारी, सचिवमा श्रीभद्र न्यौपाने, कोषाध्यक्षमा देवराज भट्टराई, सहसचिवमा उमाकान्त रेग्मी निर्वाचित भएका छन् । त्यस्तै समाजको सदस्यहरुमा श्रीप्रसाद भट्टराई, महेन्द्रराज शर्मा, सीताराम अधिकारी, पुरुषोत्तम सोती र रामचन्द्र पण्डित सर्वसम्वत निर्वाचित बनेका हुन् ।

समाजका अध्यक्ष दुर्गाभक्त अधिकारीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन गर्दै संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले वैदिक पुरोहित समाज तनहुँ धर्म, कर्म, संस्कृति रक्षाको लागि निरन्तर लागेको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिनुपर्ने बताए । पुरोहितहरु आफुँ निष्ठावान भएर लाग्नुपर्ने बताउदै पोख्रेलले कर्मकाण्डको महत्व पछिल्लो समय पछिल्लो समय झनै बढेको दाबी गरे ।

कार्यक्रममा व्यास अध्येता काशीनाथ नयौपाने, शान्तिस्वरुपानन्द दामोदर बावा, ब्राम्हण समाज केन्द्रिय कार्यसम्पदान समितिका सदस्य डा. लक्ष्मीकान्त चापागाई, वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषका कार्यबहाक अध्यक्ष प्रमप्रकाश भट्टराई, वेदानयायी प्रतिष्ठानका केन्द्रिय महासचिव ऋषिराम ढुंगाना, ब्राम्हण समाज जिल्ला कार्य समिति तनहुँका अध्यक्ष कृष्ण चन्द्र पाण्डे, समाजका संस्थापक अध्यक्ष सुर्दशन न्यौपाने लगायतले कार्यक्रममा भनाई राखेका थिए । कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष विजयराज भटराई गरेको कार्यक्रमको सहजीकरण सचिव हरि घिमिरेले गरेका थिए । यसैबिच कार्यक्रमको अवसरमा वैदिक धर्म रक्षाको लागि सर्वपक्षिय भुमिका विषयमा समेत छलफल भएको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.