गोरखा को पर्यटकीय स्थल लिगलिग कोट पालुङ्गटार नगर पालिका वडा न ० १३ मा पर्ने लिगलिग कोट परापुर्वक कालदेखि राजा हरुले राज्य गर्दै आएको धार्मिक सांस्कृतीक र पर्यटकीय महत्व बोकेको महत्वपुर्ण पर्यटकीय स्थल हो । मिती २०६२ साल फागुन महीनामा निर्माण कार्य सुरु भई २०७३ साल जेष्ठ महिनामा ८६४ ००० लागतमा पालुङटार नगर पालिका को कार्यलय वातावरण मैत्री स्थानिय सासन EF Gp आयोजना वाट यो लिगलिगकोट पार्क निर्माण गरिएको हो। लिगलिग कोटको उचाई समुन्द्र सतह वाट १३४७ मिटरमा रहेको लिगलिग कोट पर्यटकहरुको लागी एउटा रमणीय तथा आनन्दमयी स्थल रहेको छ । जहाको हावापानी र मनमोह हरियाली र चारै तर्फ देखि ने प्राकृतिक सुन्दरताले गर्दा पर्यटकको घुईचो लाग्ने गरेको यहाँका समाजसेवी वसन्त ठकुरीले बताउनुहुन्छ ।

लिग लिग कोट मा गरिएकोठुलो झन्डाले लिगलिग कोट लगायत गोरखा जिल्लाकै पहचानको रुपमा छ । परापूर्वक कालदेखि नै चेपे खोला देख जो दौडर पहिला लिगलिक कोटमा पहिला पुग्छ त्यही नै त्यहाँको राजा वन्ने चलन पनि रहेको स्थानीय बुदिजीवीले वताउनुहुन्छ। साथै वलियो र भरपर्दो मानियको उक्त व्याक्ती ले राज्य संचाल गर्न सक्छ भन्ने हिसावले यस्तो प्रचलन राखिएको हो । अहीले लिगलिग काट जान को लागी भने एकातर्फ सिडीले तयार गरियको वाटो छ भने अको तर्फ कच्ची सडक रहेको छ । वर्खाको कारणले वाटो विग्रियर सवारी साधन भने चल्ने अवश्था भने छैन ।

पर्यटक सुविधाको लागी . स्थानिय उत्पादन र अर्गानिक खादय सामाग्री मात्र खुवाउने उदेश्यले यस गाउमा हामस्टे हरु पनि संचालन गरियको छ । जम्मा ७ वटा होमस्टे संचालन गरिएको खल्ली गाउ खोपी न ४ की विन्दु थापाले वताईन । साथै माथिल्लो लिगलिग कोटमा पर्यटकहरुलाई वस्न तथा थकाई मार्न ठाउ ठाउमा स्थानिय उत्पादन ले गोलघर हरु तयार गरिएको छ । जंगलको विचमा वस्न थकाई मार्न चारकोट तयार गरिएको छ । यस कोटमा रहेको प्राकृतिक सौन्दयता र सल्लाघारीले लिगलिक कोटको सुन्दरता बढायको छ, साथै हाल खाली जग्गा हरुमा धुपी कपुर र तेजपात हरुको वृक्षारोपण गरि सुनमा सुगन्ध थप्ने कार्य गरिएको छ । माथिल्लो कोटको कोटमा निर्माण गरियको ढुगाको प्रखाल वाट गोरखा का उत्तरी भाग र लम्जुङ का केही अग्ला पहाड हरु साथै पहाडका फेदीमा रहेका छ । यहाँवाट सुन्दर सहरहरुको अवलोकन गर्न सकिन्छ साथै कोटवाट हेर्दा देखिने नागवेली खोलाका दृश्यले पर्यटकहरुको मन नै लोभ्याउने गरेको छ । माथील्लो कोटमा पुजाआजा गर्न का लागी शिवको सालिक र कालिका को मन्दीर सहित स्थापना गरिएको छ । जहा घुम्न आउनेहरुले पुजा आजा गर्ने गर्दछन ।









