झ्याउरे छन्द
अविचल आस्था मणि
असल राम्राे म बन्नु पर्छ पिताको निर्देश
दिएर सेवा उन्नत बन्नू माताको आदेश
उर्वर राख्नू सदैव भन्ने दाजीको भनाई
मुस्कान राख्नू ओठमा भन्छिन् दिदीले मलाई ।
भाइले भन्छन् छँदैछौं हामी भरोसा सहारा
बैनीले भन्छिन् उद्यम गर्दा हामी छौँ उदार
छिमेकी भन्छन् समाज सङ्लो उन्नत बनाऊँ
स्वर्ग झैं राम्राे यो म्याग्देलाई झिल्मिल बनाऊँ ।
साथी छन् साक्षी कर्तव्य कर्म गरिन्छ डटेर
गर्ने हों सेवा सदैव चोखो बनिन्न अटेर
काकाले भन्दा हिम्मत झिक असाध्यै रमाएँ
भन्न छ मजा गरेर सेवा इज्जत कमाएँ ।
घरकी भन्छिन् छन् अर्धाङ्गिनी तत्पर काममा
आएका युवा युवती हेर छन् लाम लागेर
साहित्य कला सङ्गीत योग जोडेर भकारी
सभ्यता छिट्टै विकास गर्ने गराऊँ सवारी ।
पूर्खाको गौरव, पौरखी हात उत्सुक अहिले
भविष्य सङ्लो उन्नत पार्ने किशोर पहिले
जानिन गर्न जालझेल केही सत्यको आधार
लाएको जग उज्यालो हाम्रो सपारी आचार ।








