सामन्तवाद अन्त्य र वर्गीय उत्थानका लागि महिला आन्दोलन : महिला नेतृ हमाल

भाद्र ९, नवलपुर

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ(अनेम संघ)का केन्द्रीय अध्यक्ष टुका हमालले सामन्तवादको अन्त्य, वर्गीय उत्थान र महिला हक अधिकारका लागि एक भएर आन्दोलनमा लाग्नु पर्ने बताउनु भएकोछ । महिला नेतृ साहाना प्रधान, मगलादेवि सिहले राणा विरुद्ध आन्दोलन गर्दे सामन्तवादको अन्त्य, वर्गीय उत्थान र महिला हक अधिकारका लागि सर्धष नगरेको भए आज देशमा राजनैतिक परिवर्तन नहुने बताउनुभयो ।

अनेम संघ भुमिगत अवस्थाबाट स्थापित संगठन भएकोले प्रगतिशील बिचार भएका महिलाहरु अनेमा संघमा आवद्ध रहेको बताउनु भयो । प्रगतिशिल विचारकै कारण देशमा राजनैतिक परिवर्तन सम्भव भएर पंचायति व्यावस्थालाई फाल्न सकिएको बताउदै अहिले संगिय गणतन्त्र स्थापना गर्न सकिएको बताउनु भयो । अखिल नेपाल महिला संघ नवलपुरको नवौं जिल्ला अधिवेशनलाई सनिबार सम्वोधन गर्दै महिला नेतृ हमालले महिला भोट बैक मात्र नभएकोले महिलाहरुले जिम्मेवारी समेत पाउनुपर्छ भन्दै २०६३ सालमा संसदमा संकल्प प्रस्ताव पारित गरेकै कारण संविधानमा महिलाका हक अधिकार लिपिवद्ध गर्न सफल भएको बताउनुभयो ।

उहाँले कानुन बन्न नसक्दा अझै आमाको नामबाट मात्र नागरिकता लिन नपाएको बताउदै संविधानमा उल्लेखीत अधिकारलाई निर्णय कार्यन्वयनका लागि केन्द्रीय सरकारलाई झकझकाउनु पर्ने वर्तमान जिम्मेवारी रहेको बताउनुभयो । उहाँले आमाले वंशजको नागरिकता हुदाँ समेत आफ्नो सन्तानले आमाको नामबाट नागरिकता नपाउने , पाटिको कमिटीमा समेत अझै ३३ प्रतिशत महिला सहभागीता कार्यन्वयन गराउन र राज्यको सबै अंगमा महिलाको ३३ प्रतिशत महिला सहभागिताको माग समेत राख्नुभयो ।

महिलाहरु सक्षम हुदाँ समेत उपेक्षा गरीएकोले हरेक क्षेत्रमा प्रमुखको जिम्मेवारी नदिईने गरेको बताउनुभयो । महिलाको विरुद्धमा महिलालाई नै प्रयोग गर्ने परिपाटी बसेकोले सबै महिला एक हुनुपर्ने कुरामा जोड दिनुभयो । यसका लागि समेत आन्दोलित हुन पर्याे । महिला पुरुष बिरोधि नभएको बताउदै, पुरुष बिना महिला अधिकार समेत प्राप्त गर्न नसकिने भएकाले महिला अधिकारका लागि सहयोग गर्न समेत महिला नेतृ हमालले आग्रह गर्नुभयो । उहाँले महिला अधिकार स्थापित गर्ने कार्य नेकपा एमालेले मात्र गर्न सक्ने बताउदै प्रगतिशिल र परिवर्तन चाहना गर्ने हरेक महिलाहरु एमालेमा गोलवन्द हुन समेत आग्रह गर्नुभयो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.