मन्दाक्रान्ता छन्द
१. पाएकोले अमर ममता विश्व साहित्य माझ राख्ने इच्छा प्रकटित भयोे स्वस्थ पार्ने समाज जाग्यो यस्तै रहर मनमा खोल्न साहित्य आएँ देवी दुर्गा सरह प्रतिभा देख्न पाएँ रमाएँ ।
२. जो जो मिल्छन् असल मनका विश्वका स्वच्छ प्राणी ल्याएको हों अचम कविले स्वस्थ उद्गार वाणी साथी पाएँ गजब प्रतिभा सोध्दछिन् गर्न खोज यस्तै चाला मुखरित बनोस् प्रेम फुल्दै सरोज ।
३. हेर्ने आँखा अति सरलले दृश्य देखिन्छ राम्रो आत्मा साेझाे असल छ भने हुन्न केही नराम्रो इच्छा सङ्लो धवलित सधैँ डाक्छ सौन्दर्य हाम्राे ज्ञानी मान्छे सुखद छ सदा बन्न मान्दैन चाम्रो ।
४. आहा राम्रो शकुन शुभदा मन्त्र आचार शैली पाएँ सच्चा मुखर महिमा प्यारको पूर्ण थैली राखेकी छौ अभिनव कला ज्ञान संज्ञान चोखो बुझ्दा हुन्थ्यो कवि अचम हो प्रेमको मात्र भोको ।
५. तान्ने बानी गुण सहज जो चुम्बकी धारणामा आएकी छौ विधिवत खुला प्रेम उत्प्रेरणामा चाहें पाएँ अवसर खुला प्रेमको याे प्रसङ्ग ल्याएँ राखेँ हजुर अहिले पाइएको उमङ्ग ।
६. कस्तो लाग्यो भन शकुनले प्रेमको दिव्य गीत जोडेको हो अमर ममता प्रीत मार्ने छ धीत लाम्चा आँखा शुभ शकुनका मार्दछन् मौन बात छल्के जस्तै प्रकृत लयमा लेककी छौ प्रपात ।
७. देवी दुर्गा सुगम छरिती दिव्य देखेँ तिलस्मी योगी आए सरल तपसी काव्यका पूर्ण रश्मि बोकी ल्याए कुशल कविता अस्मिता धन्य धान्य ढोका खोल्छन् सहज दिलका गर्न बाधा अमान्य ।
८. खोजी पाएँ कुशल प्रतिभा लाग्छ आरामदायी चोखो मान्छे सरल मनले गर्न चाहें भलाइ भन्छ्यौ के पाे भनन सजिलै शर्मिला के मलाई शोभा डाक्ने रहर चुलियो चाहना झन्झनाई ।








