लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल तनहुँको अध्यक्षमा अमरराज थापा सर्वसम्मत चयन भएका छन् ।
दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौ, जवजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौ भन्ने मुल नाराका साथ नेकपा (एमाले) सम्वद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल तनहुँको तेश्रो जिल्ला अधिवेशन वाट अध्यक्षमा अमरराज थापा चयन भएका हुन् ।

यसैगरि महासंघको उपाध्यक्षमा शेर वहादुर वोटे, सचिवमा प्रकाश श्रेष्ठ, उपसचिवमा लेख वहादुर भुजेल, हरिमाया गुरुङ, विष्णुवीर राना चयन भएका छन्
यसैगरि सदस्यहरुमा सोम प्रसाद श्रेष्ठ, याम कुमारी भुजेल, लक्ष्मी श्रेष्ठ,सोम वहादुर कुमाल, लोक नारायण श्रेष्ठ, उमा श्रेष्ठ, सन्त वहादुर राना, अकल गुरुङ, चिज कुमार श्रेष्ठ देउ माया थापा, सुर्य थापा, श्याम कुमार श्रेष्ठ, मौसम चेपाङ, खम वहादुर दरै, कृष्ण वहादुर दुरा, वल वहादुर कुमाल, लोक वहादुर गुरुङ, नवराज श्रेष्ठ, तिलक थापा,पदम थापा, उमा कुमाल, ओम कुमारी थापा, श्याम कुमार श्रेष्ठ, हरि काजी थापा, अनिता शाही नेवार, चिज कुमार गुरुङ, जंग पाटा मगर, रित वहादुर थापा, राम वहादुर सारु मगर, पूर्ण वहादुर थापा, केश वहादुर थापा चयन भएका छन् ।

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पुर्व मन्त्री किरण गुरुङले उद्घाटन गरेका कार्यक्रममा वक्ताहरुले आदिवासीहरुको हकहित र अधिकारको वारेमा धारणा राखेका थिए ।कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सल्लाहकार सदस्य एकवहादुर राना, नेकपा एमाले तनहुका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष हरिराज कडेल, जनजाति महासंघका केन्द्रिय सदस्य वसुन्धरा घर्ति लगायतले धारणा राखेका थिए ।














