मणि प्रभा विस्तार उच्चाटन

शार्दूलविक्रीडित छन्द

१. देवीको शुभ कण्ठबाट कविको होस् काव्यको वाचन बास्ना मग्मग आउँदा किरणको उद्यानमा आसन भर्ने मङ्गल कामना मन भरी निर्विघ्न तीर्थाटन गर्छन् साधक भावना मणि प्रभा विस्तार उच्चाटन ।

२. शोभा उत्तम कामना सुगम छन् दुर्गा र गार्गी कथा मैत्रेयी अनुपा उदार उपमा साध्वी सती प्राञ्जला उत्साही मनकामना भगवती आतिथ्य सत्कारमा देखिन्छिन् शुभदा सदा विनयमा प्रेक्षा चमत्कारमा ।

३. उत्कण्ठा अभिप्रेरणा गजबमा वागीश्वरी शारदा खुल्छन् पुष्प पराग वर्षण गरी आकाशका तारका विद्या वाङ्मयको उदात्त रचना गर्ने खुला पोख्तछिन् शोभा शान्ति कथा, पुराण महिमा उत्कर्षका जोख्दछिन् ।

४. आफ्नै र्न विचार भाग्य मनले संयोग दुर्गा खुला सुर्कन्छिन् करुणामयी किरणको उत्साह खेल्ने झुला आभा मल्मल जोशमा सविनयी संस्कारका चेतना गर्छिन् शीघ्र प्रसार पुण्य फलको, हट्ने गरी वेदना ।

५. नौला काव्य रचेर नम्र मुटुमा सञ्चार शोभा गरी बास्ना मङ्ङ फिँजाउँछिन् किरणमा संसारमा बाबरी काव्योपासनमा निमग्न कवि छन् वेदान्त चर्चा नयाँ भर्छन् स्वस्तिक कामना सरलता थप्ने घना याेजना ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.