काभ्रेको बेथानचोक गाउँपालिकाका जनप्रतिनिधि एवं कर्मचारीहरुको टोलीद्धारा भानु नगरपालिकाको भ्रमण

काभ्रेको बेथानचोक गाउँपालिकाका जनप्रतिनिधि एवं कर्मचारीहरुको टोलीले भानु नगरपालिकाको भ्रमण गरेका छन् । आदिकवि भानुभक्तको जन्मस्थल भएको भानु नगरपालिकाले गरेका सेवा प्रवाहको वारेमा जानकारी लिनको तथा दुई पालिकाबिच सम्बन्ध थप स्थापित गर्न लागि उक्त गाउँपालिकाका जनप्रतिनिधिहरुले भानु नगरपालिकाको भ्रमण गरेका हुन् । आइतवार बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी सहितको जनप्रतिनिधि एवं कर्मचारीको टोलीलाई भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले स्वागत गरे । गाउँपालिका अध्यक्ष त्रिपाठीले गाउँपालिका जनप्रतिनिधिलाई बिर्के टोपी लगाएर स्वागत गरेका थिए । उक्त भेटघाटमा भानु नगरपालिकाले गरेको सेवा प्रवाह र बेथानचोक गाउँपालिकाकाले गरेका सेवा प्रभाह एवं नयाँ कार्यक्रमको बारेमा छलफल भएको थियो । भेटघाटको क्रममा वेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले आदिकवि भानुभक्त आचार्यको नामबाट स्थापित भानु नगरपालिकामा आउन पाउदा निकै खुशी लागेको बताए । भानु नगरपालिकाले महत्वपूर्ण कार्यक्रम सुरु गरेको र आगामी दिनमा बेथानचोक गाउँपालिकाले पनि महत्वपूर्ण कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष अधिकारीले बताए ।

भानु नगरपालिकालाई सम्झेर वेथानचोक गाउँपालिकाको अध्यक्ष सहितको टोलीले अवलोकन गरेकोमा धन्यवाद ज्ञापन गरे । पछिल्लो समय स्थानिय सरकारसंग आम मानिसको भरोषा बढेको बताए । अव स्थानीय तहले पर्यटन प्रवद्र्धनको क्षेत्रमा समेत काम गर्ने त्रिपाठीले बताए । आम मानिसहरुको बैदेशिक रोजगारी एवं अध्ययनको लागि विदेश जाने क्रम बढेको र यसलाई रोक्नको लागि काम अगाडी बढाउने त्रिपाठीको भनाई थियो । अन्तरपालिका बिचको भ्रमणले संस्कृति आदानप्रदानमा समेत सहयोग पुग्ने नगरप्रमुख त्रिपाठीको भनाई थियो ।

उक्त अवसरमा भानु नगरपालिकाको प्रशासन शाखा, शिक्षा, स्वास्थ्य, कृषि, भेटेरेनरी पञ्जिकरण, लेखा लगायतका शाखाका प्रमुखले भानु नगरपालिकाले सञ्चालन गरेका कार्यक्रमको बारेमा बेथानचोक गाउँपालिकाका जनप्रतिनिधि एवं कर्मचारीहरुलाई जानकारी गराएका थिए भने बेथानचोक गाउँपालिकाका अध्यक्ष एवं कर्मचारीले पनि उक्त पालिकाले सुरु गरेका कार्यक्रमको बारेमा कार्यक्रममा जानकारी दिएका थिए । कार्यक्रममा भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल लगायतले भनाई राखेका थिए ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.