ठुलोटार पतेनीमा सुन र नगद चोरी


व्यास नगरपालिका वडा न. ५ को ठुलोटार, गएराती चोरी भएको छ । पतेनीटारको ठुलोटार निवासी मानकुमार श्रेष्ठको घरमा चोरी भएको हो । रातको करिव २ वजेतिर भएको घटनामा चोरले २५ हजार नगद, १ तोलाको सुन र २५ लालको तिलहरी चोरी भएको घरधनी मानकुमार श्रेष्ठले वताए ।


चोरले रातको अन्दाज २ वजे दराज फोडेर सुन र नगद चोरी गरेको हो । अगाडीको कोठामा रहेको मान्छे सुतेको कोठामा चोरले चावी लगाएर दोश्रो कोठामा भएको दराज फुटालेर चोरी गरेको हो ।


सोही राती सोही स्थानमा रहेको संजिव वाग्लेको घरमा समेत घर फुटालेर चोरी भएको छ । घटनाको वारेमा प्रहरीलाई जानकारी गराईएको घरधनी श्रेष्ठले वताए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.