शनै शनै म तानिएँ

पञ्चचामर छन्द

१. म तानिएँ नजानिँदो छ चुम्बकीय कर्षण हुने विशिष्ट शीघ्र होस् अमोघ रूप दर्शन झरी परेर मार्ग जो कठीन बढ्नमा थियो परन्तु चाख भेट्नको अझै अकासिँदै गयो ।

२. छ भाद्रमा झरी कडा छ झर्झरी सधैँ भरी हिलाम्य मार्ग पाइयो र रोकियो घरी घरी शनै शनै म तानिएँ विशेष प्रेमले गरी घुसेर चित्तमा बसिन् मनोरमा बनी परी ।

३. लिने दिने स्वभावमा मिलेर मित्रता खुबै मनोविकार फालियो उज्यालिदै गयौं दुबै अनिष्ट भावना हटे, विशिष्ट चाहना अटे सुझाव स्वच्छ राखिए, मिलाप वाञ्छना डटे ।

४. पुकार प्रार्थना गरें मसङ्ग भेट्न आउनू विचार सत्य सात्विकी विशेषमा रमाउनू चपक्क प्रेम भावले मसक्क लौ समाउनू मसङ्ग मौनता बसोस्, विनोद भर्न ल्याउनू ।

५. कसो कसो कसो गरी म रातको बजे दुई प्रशस्त मेघ बर्सियो चढेछ त्रासले बुई पुगेर पस्न पाइयो गरेर द्वार जो खुला पसेँ रमें म बासमा, निराश पो पस्यो दुला ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.