तोटक छन्द
१. सरला कमला धवला उपमा ममता समता शुभ भाव नयाँ उपकार हुने जनको हितमा शुभ प्यार थपिन् सुखका रितमा ।
२. अनुमान गरे कविले जसरी शुभ न्यास भरे रविले उसरी मन काननमा अवतार खुली हिमको रङमा अब खुल्छ चुली ।
३. नमुना जमुना बुझ पात्र खली मनमा सुकिला जय भाव चली सहसा कविको मन भित्र पसिन् सुविधा सजिला अवतिर्ण बसिन् ।
४. मनमा सुखका दुखका लहरा जब चल्न पुगें म पुगेँ छहरा युग सभ्य भयो गहना थपियो हरिनाम लिई रचना जपियो ।
५. सब पूर्ण भयाे मनको सपना अनि चूर्ण भयो लफडा विपना मन शान्ति भरी नव कोकिलले तब प्रीत भरिन् गीत झिल्मिलले ।








