गर्दैछु तीर्थाटन

१. हाँसो अब्बल देखियो हजुरको लाग्ला जसो मोहनी सारा नष्ट छ अन्धकार कसरी हौ काव्यकी रोशनी लेख्दामा कविता कथा उपकथा स्रष्टा रमी नाटक देखिन्छन् शुभ भावना हृदयका उत्कृष्ट छन् फाटक ।

२. कस्तो मोहक हास्य पूर्ण गरिमा उत्कर्ष आभामय शोभा दिव्य खुला प्रसन्न प्रतिभा चम्कोस् अझै वाङ्मय चश्मा पावर के छ त्यो नजरमा सोध्ने नसोध्ने गरी लाग्ने खूल्दुल पंक्ति लाग्छ कविता हौ काव्यकै केशरी ।

३. तोडी अल्मल काव्यका हरफमा उत्साहमा आउँदा गन्ती गर्न भयो कठीन सहसा आतिथ्य फैलाउँदा यो हो सर्जक लेख्न बस्छ कविता जो पूर्ण उत्साहित मामाको घरमा पुगें सङ सङै आमा पुगिन् माइत ।

४. आभारी छु सदा कृपा हजुरको पाएँ यशस्वी कथा सेवामा जनको समर्पित हुने औचित्यमा सर्वथा बाँच्ने जीवनको कला हजुरको विज्ञानको प्रस्तुति गर्दै गर्दछु भक्तियुक्त मनले आमोद भर्दै स्तुति ।

५. हाँक्ने विश्व विशाल तत्व गहिरो अन्वेषणामा गुरु पाएँ प्रेरक प्रेरणा हजुरको तत्काल गर्ने सुरु देवी शिष्ट विशिष्टता हजुरको होस् काव्य उद्घाटन यात्रा जीवन होस् समर्थ सजिलो गर्दैछु तीर्थाटन ।

६. पुष्पा ! स्वप्निल पारखी हृदयकी सद्भावना सुन्दर बास्ना मग्मग फैलियोस् हजुरको आराधना किन्नर उत्प्रेक्षा अभिप्रेरणा हजुरको फैली रहोस् विश्वमा आकाङ्क्षा अविभाज्य सौम्य रसिलो पुग्ने बनोस् लक्ष्यमा ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.