पञ्चचामर छन्द
१. शनै शनै म जो बनें अदृश्य मित्र चन्द्रमा म जन्मिएँ उदारता नियाल साल पन्ध्रमा मसङ्गका महानता विमान काल चढ्दछू इमान चाल पढ्दछू । २. चलाखमा चलाख हो म चित्त चोट बालक विकासवाद चम्किँदा म बन्छु विश्व चालक यथार्थता समग्रमा म खेल बुद्धिचाल हूँ म सत्य धर्म मानवी छु अर्चना सवाल हूँ ।
३. नराख्न नाममा कमी बनें स्वयं मणि सफा खुला किताब झैँ बनें म स्वच्छ मूल्य मान्यता म विश्व बन्धु प्रेममा बनी सकें महारथी म कृष्ण रङ्गमा डुबेँ बनेर पार्थसारथी ।
४. नबिर्से है कसै भनी खुरुक्क राधिका गइन् मुना समान जो थिइन् बढेर कोपिला भइन् स्वयं जलेर मैन झैं फिंजाउने प्रकाश हाे प्रकाश यानमा चढी फलाउने सुवास हो ।
५. मनग्य ज्ञान पाइयो छ साथमा रमाइयों म भन्छु पुग्छ लौ भयोे रमेर जो कमाइयो मसक्क मस्किदै थियौ चपक्क जो समाइयो समस्त सत्य चेतना मिलापमा मिलाइयो ।








