थर्पु स्वास्थ्य चौकी तनहुँ जिल्लामा नै प्रथम


म्याग्दे गाँउपालिका वडा नं ४ स्थित थर्पु स्वास्थ्य चौकी तनहुँ जिल्लाको सम्पुर्ण वडाहरु मध्ये प्रथम भएको छ भने पालिका समग्र पालिका मध्ये तृतिय भएको छ ।
गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यलय तनहुँको आर्थिक वर्ष ०७९।०८० मा सम्पादन भएका स्वास्थ्यका विभिन्न सुचकहरुको मुल्यांकन गर्दा तनहुँ जिल्लामा रहेका स्वास्थ्य संस्थाहरु मध्ये उत्कृष्ट कार्य सम्पादन गरेको स्वास्थ कार्यलय तनहुँले जनाएको छ ।


स्वास्थ्य कार्यलय तनहुँद्धारा आयोजित जिल्ला स्तरीय वार्षिक समिक्षा कार्यक्रममा उत्कृष्ठ स्वास्थ्यकर्मीमा दिनेश पण्डितलाई सम्मान गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, जिल्ला समन्वय समिती तनहुँका प्रमुख शान्तिरमण वाग्ले, स्वास्थ्य कार्यलय तनहुँका प्रमुख शंकरवावु अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.