शार्दूलविक्रीडित छन्द
कुशेऔंसी
१. मेरा बा अति मान्यगन्य सुकिला साहित्यका श्रृङ्खला जो निर्माण कला प्रशिक्षित भए आनन्द थप्दै भला गर्ने वाचन काव्य पूर्ण तरिका सौविध्य आवाजमा सुन्दा छाल निनाद कल्कल थियो संक्षेप आवादमा ।
२. मेरा बा शुभ न्याययुक्त विधिमा संस्कार सेवारत निष्ठा मार्मिक कर्मकाण्ड निधिमा निषणात पारङ्गत सेवा कर्मठ शक्तिमान गरिमा आनन्दको सञ्चय रच्ने कीर्तन काव्य पाठ मलिलो बन्दै थियो चीन्मय।
३. मेरा बा गुरु जो समस्त जनले मान्थे कुराका चुरा मथ्ने निर्णय त्यो दिने सहजमा, चढ्ने स्वयं टाकुरा हक्की आदत न्यायको चकचकी, दब्दै नदब्ने प्रण मान्थे मानिसले झुकी चरणमा औचित्यका कारण ।
४. मेरा बा मणि रुद्र पूर्ण प्रतिभा सत्कार गर्ने क्रम नाना यज्ञ भए सुधार सहसा, तोडेर सारा भ्रम एकोहम् निज चित्तसाथ सुकिलो यात्रा अविच्छिन्नको राख्ने बाकस प्रेरणा शुभ थियो सम्भावना भिन्न पाे ।
५. बाको आसिक पूर्ण पार्न मनले सङ्कल्प गर्दै छ यो सेवाका शुभ संहिता किरणले आवृत्त भर्दै छ यो बाबाको उपदेश सार्थक बुझी चल्दै छ यात्रा नयाँ मिल्दै गर्दछ तालमेल गहिरो विस्तारको याेजना ।








