नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश कमिटीको अध्यक्षमा सिग्देलले उम्मेदवारी दिने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश कमिटीको अध्यक्षमा केदार सिग्देलले उम्मेदवारी दिने भएका छन् । यहि असोज १५ र १६ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोखरामा हुने गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनमा सिग्देलले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् ।
२०३३ सालवाट विद्यार्थी राजनितीवाट कम्युनिष्ट आन्दोलनमा लागेको सिग्देलले ०३५ सालदेखि पार्टीमा काम शुरु गरेका हुन् । पंचायती व्यवस्थाको विरुद्धमा लाग्दा शिक्षण पेशावाट निष्काशित हुनुपरेका सिग्देल ०४५ सालदेखि पुर्णकालिन भुमिगत कार्यकर्ता भएर पार्टीमा काम गरे ।
०३५ सालदेखि हालसम्म राजनितीमा निरन्तर क्रियाशिल सिग्देल पार्टी र आम जनतामा सादगी, प्रष्ट वक्ता र कम्युनिष्ट नेताका रुपमा चित्रित छन् । पार्टीको गाँउ कमिटी अध्यक्ष, क्षेत्रिय ईन्चार्ज, जिल्ला कमिटी सदस्य, जिल्ला कमिटी कार्यलय सचिव, जिल्ला उपसचिव हुदै निरन्तर राजनितीमा सक्रिय सिग्देल ०६५ सालमा पार्टीको तनहुँ जिल्लाका अध्यक्षमा निर्वाचित भए । ०६५ देखि ०७८ सालसम्म २ कार्यकाल तनहुँ जिल्ला पार्टी अध्यक्षका जिम्मेवार सम्हालेका सिग्देलले ०७४ सालको संघिय निर्वाचनमा तनहुँको ४ प्रदेश निर्वाचन क्षेत्र र २ संघिय निर्वाचनमा वाम उम्मेदवारलाई जिताउन सफल वने ।
स्पष्ट अडान र विचारमा अडिग सिग्देल आर्दशको राजनिती गर्न रुचाउँछन् । नैतिक मुल्य, मान्यता र लोकतन्त्रमा जनताको आवश्यकतालाई नै सर्वोपरि ठान्ने सिग्देल ०७४ सालमा भएको तनहुँ क्षेत्र नं २ का निर्वाचित सासंद समेत हुन् ।
सासंद भएर कुशलतापुर्वक जिम्मेवार वहन गरेका सिग्देलले आफनो निर्वाचन क्षेत्रमा विकास निर्माण र जनतासँगको सम्वन्ध प्रगाढ वनाएका छन् । राजनिती देश र जनताका सेवामा हुनुपर्ने आर्दश वोकेका सिग्देल हाल नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्यको जिम्मेवारीमा रहेका छन् ।
कानुनमा स्नातक र राजनितीशास्त्रमा स्नातोकोत्तर गरेका सिग्देल कम्युनिष्ट नेताको पयार्यको रुपमा चित्रित छन् । राजनितीमा नै जीवन सर्मपण गरेका सिग्देल फुर्सदमा कृषि कर्ममा रमाउँछन् ।
लामो समय राजनैतिक परिवर्तन, त्यसको नेतृत्व र जीवन नै यसैमा विताएको छु, प्रदेशका अन्य जिल्लाको साथीहरुको साथ सहयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेशको अध्यक्ष वनेर पार्टीलाई थप सुढृढ वनाउँदै सुखी नेपाली समृद्ध नेपाल वनाउने अभियानमा लाग्ने अध्यक्ष पदका प्रत्यासी सिग्देलले वताए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.