वृद्धवृद्धा समाज परिवर्तनका महत्वपुर्ण अंग हुन् – वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ ‘हिमाल’


व्यास नगरपालिका वडा नं ५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ ‘हिमाल’ ले वृद्धवृद्धा समाज परिवर्तनका महत्वपुर्ण अंग भएको वताएका छन् । सवै पुस्ताका लागि ज्येष्ठ नागरिकको मानवअधिकारवारे घोषणामा गरिएका वाचाहरु पुरा गरौ भन्ने अभियानका साथ ३३ औ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा भजन संकृतन समुहद्धारा आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले सो कुरा वताएका हुन् ।


समाज रुपान्तरण र निर्माणमा वृद्धवृद्ध आमावुवाको महत्वपुर्ण भुमिका रहेको हुदाँ उहाँहरुको अनुभवलाई नयाँ पुस्ताले ग्रहण गर्नुपर्ने अध्यक्ष श्रेष्ठले वताए । वृद्धवृद्ध ईतिहास भएको हुदाँ उनीहरुको सम्मान र श्रद्धाले मात्र समाज पुर्ण हुुन्छ । वृद्धवृद्धाको हक अधिकार स्थापित गर्न वडा कार्यलय सधै प्रतिवद्ध रहेको हुदाँ समस्यालाई घरका अन्य सदस्यले मनन गर्नुपर्ने श्रेष्ठको भनाई थियो ।
वृद्धवृद्धाको दैनिक जीवन सहज तवरवाट विताउन सहज होस भन्ने हेतृले वडाले अहिलेको आर्थिक वर्षमा खर्च हुने गरि ३ लाख वजेट विनियोजन गरेको वडाध्यक्ष श्रेष्ठले वताए । सो अवसरमा ३५ जना वृद्धवृद्धा आमावुवालाई सम्मान गरिएको थियो ।


कार्यक्रममा चापाघाट टोल विकास संस्थाका अध्यक्ष, कण्टार चापाघाट खानेपानी संस्थाका अध्यक्ष मानध्वज थापा लगायतले धारणा राखेका थिए । भजन संकृतन समहुका अध्यक्ष विष्णु गौतमको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका सचिव शरण खनालले संचालन गरेका थिए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.