पर्यटन तथा उद्योग कार्यालय लमजुङले बेसीशहरमा सञ्चालित पसलहरुको अनुगमन

बेसीशहरमा सञ्चालित पसलहरुको अनुगमन पर्यटन तथा उद्योग कार्यालय लमजुङले बेसीशहरमा सञ्चालित पसलहरुको अनुगमन गरेको छ । आईतबार कार्यालयले बजारक्षेत्रका १६ वटा पसलहरु अनुगमन गरेको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख मिताकुमारी थापाका अनुसार ८ वटा स्टोर्स पसल, ६ वटा किराना पसल र २ वटा फलफुल पसल अनुगमन गरिएको हो । अनुगमनको क्रममा म्याद गुजे्रका ६ वटा मोटन निरल, १ वटा गुलाव जामुन, १ वटा किसान मिक्स फ्रुट्स, १ वटा मिक्स दालमोट ठूलो, १ वटा मिक्स दालमोट सानो, १ वटा मकै भुटेको, २ प्याकेट रामेन चाउचाउ, १ वटा मिक्स दालमोट,फेन्टा ३ वटा सानो, स्प्राईट ९ वटा सानो, मिक्स दालमोट ९ प्याकेट, बुलबुल खुर्सानी ६ वटा, वेसार पाउडर २ प्याकेट जफत गरिएको उहाँले बताउनुभयो ।

अनुगमनमा अधिकांश पसलहरुमा मुल्यसुची नराखेको पाईएकाले मुल्य सुची राख्न निर्देशन दिईएको प्रमुख थापाले बताउनुभयो । यस्तै अनुगमन टोलीले व्यवसायीक प्रतिष्ठानको छाप नभएको पसलहरुलाई छाप बनाई प्रयोग गर्न निर्देशन दिईएको छ । अन्तशुल्क ईजाजतपत्र नलिई सुर्तिजन्य पदार्थ र चुरोट राखेको पसललाई ईजाजत लिई विक्री वितरण गर्न निर्देशन दिईएको छ । बजारका किराना पसलहरुमा अधिकांश म्याद गुज्रेका खाद्यान्न भेटिएकाले जफत गरी अव म्याद भएका खाद्य समाग्री वितरण गर्न, अव्यवस्थीत र सरसफाई नभएका पसलहरुलाई व्यवस्थीत रुपमा खाद्य सामाग्री मिलाई राख्न सुझाव दिईएको छ ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.