सुदूर भविष्य

झ्याउरे लय

१. अचम जन्म भएको म्याग्दे थुम्कीमा जफदी अस्ताए पछि साँझमा सूर्य उत्तम छ घडी रोजेको पुण्य तिथि हाे धन्य वसन्त पञ्चमी फागुन मैना छ गुरुवार उत्तम मौसमी ।

२. जो ऐतिहासिक सुदिन थियो फागुन एककाे प्रथम आम छ निर्वाचन सुरु नेपाल देशको चुनावबाट नतिजा आयो जनता रमाए अनैतिकता हुनेले दाम लुटेर कमाए ।

३. हेरेका सूक्ष्म दृष्टिले काम मविवि शाहले राष्ट्रको भलो दिलले गर्ने अनन्त चाहले आदेश मागी सम्झना काव्य लेखियो कविले खुलेको प्रज्ञा उत्सुक सारै बनेको छविले ।

४. सभ्यता हुँदा सुरुमा मेल ताराको जूनको दुइटा भए अत्यन्तै खुसी किन हो कुन हो खोज्दछ हेर्ने सम्मान साथ हुर्किए पालुवा म्याग्देली धरा चिटिक्क राम्रो, लेखक डुलुवा ।

५. जन्मेको लग्न विचार भयोे हेरियो कस्ताे छ राखेर कीर्ति उदार काव्य लेखिन्छ जस्तो छ विचार धारा छ सुरु देखि खुलस्त अचम फुकेर चाल्छन् छन् होशियार चालिने कदम ।

६. प्रस्तुत गर्छन् अचम आफ्ना वस्तुत कहानी धर्तीमा स्वर्ग उत्तम म्याग्दे उदायो बिहानी प्रतिभा खोज विश्वको रोज उत्तम विजय गरेर सोच विचार गाढा भावना विनय ।

७. भालेको डाँक, मिलेको हाँक कविता फकाऊ चाकरी गरी पेट छ भर्न निमेक पकाऊ चाहिए साक्षी उत्तम आफ्नै छिमेकी बकाऊ आँखामा आँखा जुध्ने छ खेल, खेलमा थकाऊ ।

८. लाउन गुन नेपाली माथि विश्वका समस्त लेखेर जाऊ उत्तम कीर्ति रचना प्रशस्त विचार शुद्ध फैलियोस् शीघ्र विश्वमा चहक फैलने गरी सुविधा सादा कामले महक ।

९. क्रमशः लेख कविले कथा सरल भाषामा हुनेछ धर्ती सुन्दर अझै जनता आशामा उचाइबाट हेर्दछन् कवि सुदूर भविष्य विश्वको शिर सगरमाथा अग्लिन्छ अवश्य ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.