तिहार नजिकिएसंगै तनहुँमा देउसी भैलो खेल्ने क्रम सुरु

तिहार नजिकिएसंगै तनहुँमा देउसी भैलो खेल्ने क्रम सुरु भएको छ । तनहुँको दमौलीमा शुक्रवारबाट नै देउसी खेल्न सुरु गरिएको हो । दमौलीमा व्यास नगरपालिका तथा म्याग्दे गाउँपालिका भित्रका विभिन्न आमा समुहहरुले देउसी भैलो खेल्न सुरु गरेका हुन् । व्यास नगरपालिका ५ स्थित तल्लो पाटन आमा समुहको आयोजनामा दमौली बजारमा देउसी भैलो खेलिएको थियो ।

आमा समुहमा आवद्ध महिलाहरु आफ्नो पोशाकमा सझिएर दमौलीको सफासडक लगागतका क्षेत्रमा देउसी भैलो खेलेका हुन् । त्यस्तै म्याग्दे गाउँपालिका १ को मान्हौ नौघरे आमा समुहले पनि दमौलीको सफासडक लगायतका क्षेत्रमा देउसी भैलो खेल्न सुरु गरेको हो । त्यस्तै शुक्रवारबाट विद्यालयहरु समेत तिहार विदा भएपछि बालवालिकाहरु देउसी भैलो खेल्न कसिएका छन् । बालवालिकाले शुक्रवार दिउसोदेखी दमौली लगायतका आसपासका क्षेत्रमा देउसी खेल्न सुरु गरेका हुन्

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.