झ्याउरे छन्द
१. दाजु र भाइ उज्ज्वल कान्ति मुखमा फैलेको सम्झना आयाे खेलेको सङ्गै बालक पेलेको भारती लक्ष्मी भवानी विष्णु इन्दिरा कमला सौन्दर्य शोभा उत्कट देख्छु विशिष्ट धवला ।
२. आनन्द धेरै उम्लेर आयो बिहान किरण देउसी भैलो खेलिने पीङ सौभाग्य जीवन गरेकाे सेवा राष्ट्रको हाँसी उत्क्तृष्ट चालमा छन् भाषा भेष सज्जित आफैं नदीको छालमा ।
३. गरिन्छ पूजा गाईको साथ पशु र पन्छीको बजे झैं लाग्यो कानमा आवाज कृष्णको वंशीकाे रामको साथ उपेन्द्र गए, छ भाइ छ जत्था छ वटी दिदी बहिनी भए हुन्छ को निहत्था ।
४. छु सम्झिएको माता र पिता, फुपुका बथान अहिले घट्यो भएर सानो घरको जहान छोरा र छोरी देखेकाे सबै दर्पण सुकिला यो भाइ टीका पवित्र पर्व सुन्दर सिल्सिला ।
५. प्रारब्ध गर्छ कर्मको तोक धर्मको निदान टीकामा राम्राे छर्लङ्ग देखेँ खुलेको बिहान यो सप्तरङ्गी निधार गर्छ साहित्य सदन बिर्सन्न सेवा जनको गर्न, बिर्सन्न वतन ।








