बेसीशहरमा दोस्रो लमजुङ जिल्ला मावि स्तरीय छात्र तथा छात्रा सिंगल ब्याडमिन्टल प्रतियोगिता सुरु

लमजुङ जिल्लास्थित बेसीशहर नगरपालिका वडा नं. ८ स्थित फिटनेस कम्लेक्स (जिम हल) मा दोस्रो लमजुङ जिल्ला मावि स्तरीय छात्र तथा छात्रा सिंगल ब्याडमिन्टल प्रतियोगिता सुरु भएको छ । लिटल स्टार युवा क्लब बेसीशहर लमजुङको आयोजनामा शुक्रबारदेखि उक्त स्थानमा सो प्रतियोगिता सुरु भएको हो । बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले यस प्रतियोगिताको उद्घाटन गर्नुहुँदै विद्यार्थीहरुलाई खेलकुदमा आकर्षित गर्न सके कुलतमा फस्नेहरु कम हुने बताउनु भएको छ । खेलकुदले जिल्ला र देशको नाम समेत राख्ने भएकाले यस्ता प्रतियोगिताले दक्ष जनशक्ति उत्पादन गर्न र खेलकुद प्रति आकर्षित गर्न मदत पुग्ने उहाँको भनाई छ । नगरपालिकाले समेत खेलकुदको क्षेत्रमा आवश्याक लगानी गर्दै आएको नगर प्रमुख अर्यालले बताउनुभयो ।

यस प्रतियोगितामा पुरुषतर्फ १७ र महिलातर्फ ८ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । जिल्लाबाट खेलाडी उत्पादन गर्न सहयोग पुग्ने, कुलतमा फस्न सक्ने युवाहरुलाई खेलकुद प्रति आकर्षित गराउनका लागि यस प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका सदस्य सिजन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यस प्रतियोगिताको पुरुषतर्फ प्रथम हुनेलाई ८ हजार, मेडल ट्रफि, मेडल र प्रमाण पत्र वितरण गरिएको भएको छ । त्यस्तै, दोस्रो हुनेलाई पाँच हजार मेडल ट्रफि र प्रमाण पत्र तथा सान्तवाना हुने दुई जनालाई मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ । त्यस्तै, महिलातर्फ प्रथम पुरस्कार ५ हजार मेडल, ट्रफि र प्रमाण पत्र र दोस्रोलाई ३ हजार, मेडल, ट्रफि प्रमाण–पत्र वितरण गरिने भएको आयोजकले जनाएको छ । आयोजकका अनुसार सान्तवाना दुई जनालाई मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ ।

उक्त उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद समिति लमजुङका कोषाध्यक्ष तलाद बोहोरा, बेँसीसहर नगरपालिकाको नगर खेलकुद विकास समितिका अध्यक्ष सिजन श्रेष्ठ, जिल्ला खेलकुद समिति लमजुङका पूर्व अध्यक्ष गोविन्द बस्नेत, लमजुङ मस्र्याङ्दी युवा क्लबका पूर्व अध्यक्ष जुन तामाङ, बेँसीसहर युथ सोसाइटी शेराका अध्यक्ष रविन श्रेष्ठ, त्रिवेणी युवा क्लबका उपाध्यक्ष टेकजङ गुरुङ, न्यू आदर्श युवा क्लब सहजीका अध्यक्ष राजेन्द्र केसी, जिल्ला ब्याटमिन्टन संघ लमजुङ को उपाध्यक्ष पंकज अधिकारी, लगायतको उपस्थिति रहेको थियो । जिल्ला ब्याडमिन्टन संघ लमजुङको सहयोगमा आयोजित यस प्रतियोगिताको आयोजक क्लब अध्यक्ष राम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत तथा संचालन क्लबका सचिव बुद्धि गुरुङले गर्नुभएको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.