प्रभात वन्दना

आत्मविश्वासका साथ स्वस्थ आनन्द सावित नयाँ लक्ष्य उघारियोस् दिव्य उत्साह पारित । पाएको सूचना ऐले सत्यको मार्गमा खडा साथ मुस्कान आएकी आस्थाकी सम्पदा सदा । आत्माबाट पुकारेको आँखा भाषा सकार छ समालिने भयो ज्याेत्स्ना, फाँडिने अन्धकार छ । विश्व विख्यात श्रष्टाको कीर्तिमानी प्रयास छ मनोक्रान्ति निकालेको सत्य सम्वाद खास छ ।

सरोकार छ राखेको मान्यता मणिले सफा नुहाएको सुहाएको स्वस्थ चिन्तनमा सदा । गरेको काम श्रद्धामा स्वस्थ आनन्द सावित नयाँ लक्ष्य उघारियोस् दिव्य उत्साह पारित । महामान्य सदाचारी म्याग्देको हकमारत चक्षु दिव्य उघारेको मान्छे पाइन्न सायद ।

सरोकार छ राखेको पुर्खाको इतिहासको छ आह्वान उघारेको वर्तमान प्रयासको । सबै सन्तानकोनिम्ति दूरगामी भविष्यको चिन्ता चिन्तनको फेद खोजी हुन्छ विशेष हो । पढ्दा शब्द स्वयं जल्ने ढल्ने भ्रष्ट छ प्रष्ट याे तपस्यामा बसून् स्रष्टा नवीन व्यास भव्य पो ।

बिताएँ चालिसौं वर्ष राष्ट्र सेवा गरी गरी छ साकार भएको याे राष्ट्र निर्माण माधुरी । नारीकाे साधना शक्ति अत्योच्च बृद्धि कारण ठम्याएर बढाएको मान्यता असाधारण ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.