निर्मल माविको पुर्व विद्यार्थीद्धारा न्यानो कपडा वितरण


निर्मल माध्यामिक विद्यालयवाट २०४५ सालमा एसएलसी दिएको पुर्व विद्यार्थी मंन्चले व्यास नगरपािलका वडा नं १२ कमलवारी स्थित सिद्देश्वरी माध्यामिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । पुर्व विद्यार्थी मंन्चका अध्यक्ष त्रिभुवन श्रेष्ठको नेतृत्वमा गएको टोलीले विद्यालयमा अध्ययन गर्ने ३३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।


पुर्व विद्यार्थी मंचले यसअघि पनि व्यासको १०८ फुटको मुर्ति निर्माणमा, कोरानाकालमा निशुल्क भोजन तथा स्वास्थ्य समाग्री हस्तान्तरण, कृयापुत्रीलाई खाद्यान्न सहयोग, मृगौला पिडित राजु श्रेष्ठका लागी आर्थिक सहयोग, मुटुरोग पिडित वल वहादुर दरैलाई आर्थिक सहयोग गरेको मन्चका अध्यक्ष त्रिभुवन श्रेष्ठले जानकारी दिए ।
यसैगरि मंन्चले दमौलीअस्पतालमो स्वास्थ्य समाग्री वितरण गरेको पनि अध्यक्ष श्रेष्ठले वताए । मंन्चले संस्थामा आवद्ध रहेका सदस्यहरुमा परेको दुखमा सहयोग गर्दे आएको पनि छ ।


मंन्चले समाजिक उत्तरदायित्व अन्तरगत आपत विपतमा सकेको सहयोग गर्दे आएका छौ, अध्यक्ष श्रेष्ठले भने । न्यानो कपडा वितरण कार्यक्रममा मंन्चका उपाध्यक्ष शुरेश कुमार श्रेष्ठ, सचिव निर्मल पण्डित, कोषाध्यक्ष नारायणी श्रेष्ठ, सदस्यहरु प्रदिप श्रेष्ठ,सुक तामाङ सिद्ध चन्द,सावित्री पन्थ, गिता खत्री, विष्णु पोखरेल, राजेन्द्र अधिकारी, वलभद्र श्रेष्ठ, कमल जिसी विश्व वास्तोला, सुर्यमणी पौडेल लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.