श्री दभुङ्ग चण्डीदेवी वहुउद्येश्यीय सहकारीको दोश्रो साधारण सभा सम्पन्न

श्री दभुङ्ग चण्डीदेवी वहुउद्येश्यीय सहकारीको दोश्रो साधारण सभा सम्पन्न भएको छ । व्यास नगरपालिका वडा नं ५ मा रहेको दभुङ्ग चण्डीदेवी वहुउद्येश्यीय सहकारीको दोश्रो साधारण सभा संस्थाको अध्यक्ष मोहन कुमार श्रेष्ठको अध्यक्षतामा र वडा नं ५को वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
साधारण सभालाई सम्वोधन गर्दे प्रमुख अतिथी श्रेष्ठले सहकारीले आफनो मुल मर्म अनुसार काम नगर्दा समस्या उत्पन्न भएको हुदाँ आफनो उद्येश्य अनुरुप काम गर्नुपर्ने वताए । सहकारीको आफनै मान्यता रहने हुदा वहुउद्येश्यीय सहकारी संस्थाले उत्पादन र कृषिमा लगानी गर्नुपर्ने वताए । सहकारीद्धारा संचालित तोरी मिलले राम्रो सन्देश दिएको छ, यद्यापी यो सँग अन्य उत्पादन सँग जोडिन प्रमुख अतिथी श्रेष्ठले आग्रह गरे ।
कार्यक्रममा मानुङ वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामकाजी श्रेष्ठ, भजन संकृतन समुहका अध्यक्ष विष्णु गौतम, चापाघाट टोल विकास संस्थाका अध्यक्ष नर वहादुर थापा, कण्टार दिदीवहिनी आमा समुहको अध्यक्ष प्रतिमा श्रेष्ठ, मगर गुठीका अध्यक्ष श्रीवहादुर थापाले शुभकामना मन्तव्य दिएका थिए ।


संंस्थाले पेश गरेको प्रतिवेदनमाथी शेयर सदस्यहरुले राखेको प्रश्न र जिज्ञासामा अध्यक्ष श्रेष्ठले प्रष्ट पारेका थिए । सोही अवसरमा संस्थामा गरेको अतुलनीय सहयोगको प्रशंसा गर्दे संस्थापक अध्यक्ष काजीमान श्रेष्ठले सस्थाले सम्मान समेत गरेको छ ।
सो अवसरमा संस्थाका अध्यक्ष मोहन कुमार श्रेष्ठले सहकारीको मुल्य मान्यता अनुरुप काम गर्दे आएको र भोलिका दिनमा पनि शेयर सदस्य र सहकारीको भावनाअनुसार काम गर्ने वताए । सहकारीले उत्पादन र कृषिमा विभिन्न कार्यक्रम ल्याएको हुदाँ त्यसमा रचनात्मक सुझाव र सहयोगको अपेक्षा राखेका थिए ।
साधारणसभामा लेखा समितीका संयोजक विष्णुकुमार श्रेष्ठले लेखा प्रतिवेदन, कोषाध्यक्ष ताराकुमारी श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने उपाध्यक्ष तिर्थ कुमार श्रेष्ठले स्वागत र सचिव राजकुमार श्रेष्ठ विविले कार्यक्रमको संचालन गरेका थिए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.