उद्यमशील सहकारीद्धारा क्षमता अभिवृद्धि तालिम

शनिबार ।

तनहुँ – व्यास नगरपालिका २ दमौलीस्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्था लि.ले सहकारी संचालक समिति र कर्मचारीलाई शुक्रबार क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ ।
सहकारी संस्थालाई समयानुकुल वित्तिय सुधार र शेयर सदस्य मैत्री बनाउने उद्धेश्यले प्रदान गरिएको तालिममा घरजग्गाको धितो मुल्यांकन विधिको बारेमा ईन्जिनियर रविन्द्रलाल मुल र सहकारी संचालन मापदण्ड बारेमा नेफ्स्कुन खैरेनीटार शाखा प्रमुख दिपक आचार्यले प्रशिक्षण ँ
धितो लिदाँको बेला अपनाउनु पर्ने सावधानीहरु, जोखिमका क्षेत्रहरु र सहकारीले अपनाउनुपर्ने वित्तिय सुधारहरुको बारेमा प्रशिक्षण दिईएको सहकारी संस्था लि.का तालिम संयोजक प्रताप पण्डितले बताए । तालिममा सहकारी संचालक समिति, लेखा समिति, ऋण लगानी उपसमिति लगायत कर्मचारी गरी २५ जना सहभागी थिए ।
स्थापनाको ३ बर्षमै वित्तिय सुधारको लागि उद्यमशील बचत तथा ऋण सहकारी संस्था लि.ले गरेका कार्यहरु आशा लाग्दो रहेको नेफ्स्कुन खैरेनीटार शाखा प्रमुख दिपक आचार्यले बताए ।
उक्त सहकारीले आफ्ना शेयर सदस्यहरुका लागि मोवाईल एप्सबाट मुलुकभित्रका जुनसुकै बैंकमा सजिलै रकम ट्रान्सफर गर्न र बैंकबाट उद्यमशील बचत तथा ऋण सहकारी संस्थामा रहेको खातामा रकम पठाउन सकिने प्रवन्ध गरेको छ । क्लाउड वेशमा संचालित यस सहकारीले नीति, विधि र प्रविधिलाई आत्मासाथ गर्दै तनहुँमै छुट्टै पहिचान बनाउन लागि परेको सहकारी संस्था लि.का अध्यक्ष ईन्द्रलाल श्रेष्ठ विकल्पले बताए । सहकारीका व्यवस्थापक सन्दिप गुरुङ, सचिव पूर्ण विके, शेयर सदस्य तथा व्यास नगरपालिका वडा नम्बर ३ का वडा सदस्य विनु श्रेष्ठ लगायतले तालिम फलदायी भएको बताएका थिए ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.