व्यास नगरपालिकाको वडा नं १४ को रुम्सीमा रिङरोड पक्की नाला निर्माण शुरु भएको छ । व्यास नगरपालिकाको आर्थिक वर्ष ०८०।८१ को आर्थिक सहयोगवाट निर्माण हुने पक्की नाला निर्माण १३० मिटरको हुनेछ ।

व्यास नगरपालिकाको १० लाख र स्थानिय को जनश्रमदान गरि कुल ११ लाख त्रिचालिस हजार सात सय चार रुपैयामा निर्माण सम्पन्न हुने योजनाको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको निर्माण उपभोक्ता समितीका अध्यक्ष कुमार थापाले वताए ।

७५० मिटर लामो रुम्सी रिङरोड पक्की नाला निर्माण भएपछि त्यसले विकास निर्माणको ढोका खुल्ने र आम जनताले सहज वातावरणमा यात्रा गर्न सकिने स्थानिय भद्र वहादुरले वताए । मंसिर महिना देखि निर्माण शुरु गरिएको योजना ६ महिना भित्र सकिने समितीका अध्यक्ष थापाले वताए ।










