उदय माविको ४९ औ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न ।


व्यास नगरपालिका वडा नं ५, ठुलोटारमा रहेको उदय माविको ४९ औ वार्षिकोत्सव एवं अभिभावक दिवश सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितीको अध्यक्ष श्रीभद्र खनालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेशका सासंद अशोक कुमार श्रेष्ठले पानसमा वत्ति वालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले विद्यालयको विकास र समृद्धिका लागी समुदाय लाग्नुपर्ने वताए । शैक्षिक क्षेत्र समाज रुपान्तरणको माध्याम भएको हुदाँ गुणस्तरीय शिक्षाका लागी सरोकारवाला पक्ष गम्भिर वन्नुपर्ने वताए । विद्यालयको सर्वागिण विकासको लागी आफु सधै क्रियाशिल रहने समेत श्रेष्ठले वताए ।


यसैगरि कार्यक्रमका विशिष्ट अतिथी व्यास नगरपालिकाका मेयर वैकुष्ठ न्यौपानेले विद्यालयको सुधारको लागी पालिकाले काम गरिरहेको वताए । शैक्षिक सुधारका लागी संघिय सरकारवाट आएको वजेटमा पनि आवश्यकताको आधारमा वितरण गर्ने समेत न्यौपानेले वताए । सामुदायिक विद्यालयको विश्वासनियतामाथी आम समुदायले प्रश्न उठाईरहेको सन्र्दभमा त्यसमा सरोकारवाला पक्ष गम्भिर भएर लाग्नुपर्ने वताए । पालिका भित्रको जुन विद्यालयको कमजोरी पनि मेयरलाई नै दोष दिने परिपाठी भएको भन्दै न्यौपानेले विद्यालयको गुणस्तर सुधार्नका लागी आफु लाग्ने वताए ।
यसैगरि कार्यक्रममा व्यास ५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालले वडाले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न सकेको सहयोग गर्ने वताए । विद्यालयको सुधारको लागी नियमित अनुगमन तथा निरिक्षण समेत गरिएको श्रेष्ठले वताए । कार्यक्रममा व्यास ५ का पुर्व वडाध्यक्ष मोहन कुमार श्रेष्ठ, पुर्व व्यवस्थापन समितीका अध्यक्ष यज्ञ खनाल, विभिन्न विद्यालयका प्रधानाध्यापकहरुले धारणा राखेका थिए ।


वार्षिकोत्सव कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम समेत गरिएको थियो । सो अवसरमा विभिन्न चन्दादाता, जग्गादाता, अक्षयकोष स्थापना गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको संचालन शिक्षक प्रकाश थापाले गरेका थिए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.