राष्ट्रिय युवा संघ नेपाल व्यास नगर कमिटीको आयोजनामा युवा भेला तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । युवा संघ नेपाल व्यास नगर कमिटीको अध्यक्ष अजित पन्थको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमाले गण्डकी प्रदेश कमिटीका सदस्य एवं पुर्व सासंद रामवहादुर गुरुङले कार्यक्रममा सम्वोधन गरेका थिए ।
सो युवा भेलालाई सम्वोधन गर्दे प्रमुख अतिथी गुरुङले युवा शक्ति देशको मेरुदण्ड भएको हुदाँ युवाहरुको उचित व्यवस्थापन नै राज्यको मुख्य कार्यभार हुनुपर्ने वताए । युवाशक्ति नै भोलीको कर्णधार हुन्,जसले समाज रुपान्तरण तथा विकास निर्माणमा महत्वपुर्ण भुमिका खेल्दछ, राज्यको पहिलो प्राथमिकता नै देशमा नै युवालाई वसौ वसौ लाग्ने वातावारण सिर्जना गर्नु हो, गुरुङले वताए ।

यसैगरि कार्यक्रममा युवा संघका गण्डकी प्रदेश अध्यक्ष विकास अधिकारीले युवा संघ नेपालले देशमा भएको भष्ट्राचार, विकृत्ति, विसंगतिमा आवाज उठाउदै आएको हुदाँ अझ देशमा परिवर्तनका लागी लड्नुपर्ने वताए । जिम्मेवारी र जवाफदेहीता सहितको खवरदारी युवा संघको दायित्व हुदाँ युवा संघलाई रहरलाग्दो र भरपर्दो शक्तिको रुपमा अगाडी वढाईने वताए । कार्यक्रममा नेकपा एमाले पुर्व गण्डकी प्रदेश कमिटी सदस्य विष्णुभक्त सिग्देलले श्रीराम कार्की, जिल्ला कमिटी सदस्य वेद कुमारी वाग्ले, युवा संघ नेपाल तनहुँ जिल्ला कमिटी अध्यक्ष मदन तिमल्सेनाले धारणा राखेका थिए ।

नविनता, सृजनशीलता र गतिशिलतालाई मुल मन्त्र ठानेको युवा संघले युवाहरुमा सामुहिक भावना र समाजप्रतिको जवाफदेहिता र गतिशिलतालाई उजागर गर्न युवा भेलाको आयोजना गरिएको कमिटी अध्यक्ष अजित पन्थले वताए ।

सो युवा भेलामा विभिन्न क्षेत्रका २२ जना युवाहरुले युवा संघमा प्रवेश गरेको थिए । नव प्रवेशी युवाहरुलाई पार्टीका नेताहरुले स्वागत तथा पार्टी प्रवेश गराएका थिए । सो कार्यक्रमको संचालन सुदिप पौडेलले गरेका थिए ।









