प्रजातन्त्र दिवसको अवसरमा तनहुँको दमौलीमा गरिएको रक्तदानमा २० पिन्ट रगत संकलन भएको छ । व्यास नगरपालिका ३ स्थित अनसन चौतारीमा प्रजातन्त्र दिवस मुल समारोह समितिको आयोजना, व्यास नगरपालिकाका सहयोग तथा नेपाल रेडक्रस सोसाइटी तनहुँको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको प्रदेश सांसद अशोक कुमार श्रेष्ठले एक कार्यक्रमका बिच उद्घाटन गरे । प्रदेश सांसद श्रेष्ठले उक्त कार्यक्रमका प्रथम रक्तदाता दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर परिवर्तन बराललाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरे । उनले आम मानिसलाई रक्तदान गर्न प्ररित गर्नुपर्ने बताए । कस्ता व्यक्तले रगतदान गर्न सक्छन् कस्तो व्यक्तिले सक्दैनन भनेर जनचेतना समेत आवश्यक रहेको प्रदेश सांसद श्रेष्ठको बताए । रक्तदानको बारेमा आम मानिसलाई जानकारी नहुँदा यसप्रति सोचे अनुरुप आर्कषण समेत नबढेको प्रदेश सांसद श्रेष्ठको भनाई थियो ।

तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले रक्तदान महादान भएको बताए । व्यक्तिको शरिरको खेर जाने रगतले कुनै व्यक्तिको ज्यान समेत जोगाउन सफल हुने भएको कारणले पनि रक्तदान महत्वपुर्ण भएको बताए ।
उक्त कार्यक्रमका अध्यक्ष एवं जिल्ला समन्वय समिति तनहुँका उपप्रमुख बासुदेव थापाले समय समयमा रक्तदान गर्दा रक्तदातालाई समेत फाइदा पुग्ने बताए ।
यसैबिच प्रजातन्त्र दिवसको अवसरमा दमौली अस्पतालका विरामीलाई फलफूल वितरण गरिएको छ । तनहुँ उद्योग वाणिज्य संघको सहयोग एवं प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेश सांसद अशोक कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम, उद्योग वाणिज्य संघ तनहुँका अध्यक्ष बैकुण्ठनाथ मिश्र एवं पदाधिकारीहरु, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरुको लगायते अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेका थिए ।









