तनहुँ
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद गण्डकी प्रदेशको अध्यक्षमा पदम गुरुङ निर्वाचित भएका छन् । तनहुँको भानु नगरपालिका १३ टुटेपानी सामुदायिक होमस्टेमा शुक्रवार र शनिवार भएको अधिवेशनबाट गुरुङ सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । परिषदको प्रथम उपाध्यक्षमा तनहुँका जीवन गुरुङ, द्धितीय उपाध्यक्षमा लमजुङका ठाकुर प्रसाद गुरुङ, महिला उपाध्यक्षमा नवलपुरबाट जनकाशी गुरुङ, सचिवमा कास्कीकी खिमा गुरुङ, संगठन सचिवमा नवलपुरका प्रजनबहादुर गुरुङ, सहसचिवमा गोर्खाका बिर्खबहादुर गुरुङ, कोषाध्यक्षमा तनहुँका गलबहादुर गुरुङ र सहकोषाध्यक्षमा स्याङ्जाका मनबहादुर गुरुङ चयन भएका छन् । त्यस्तै प्रदेश सदस्यमा नबलपुरका ललित बहादुर गुरुङ र तनहुँका दुर्गासिंह गुरुङ सर्वसम्बत रुपमा चयन भएका हुन् ।

त्यस्तै तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद गण्डकी प्रदेश अध्यक्षमा गोर्खाकी मिना गुरुङ निर्वाचित भएकी छन् । त्यस्तै उपाध्यक्षमा स्याङजाकी सोनी गुरुङ, लमजुङकी संत कुमारी गुरुङ, सचिवमा तनहुँकी करुणा गुरुङ, संगठन सचिवमा गोर्खाकी हिमाला गुरुङ, प्रचारप्रसार सचिवमा नबलपुरकी टिका गुरुङ, सहसचिवमा लमजुङकी उषा गुरुङ , कोषाध्यक्षमा नबलपुरकी देउकुमारी गुरुङ, सदस्यमा तनहुँकी रिया गुरुङ सर्वसम्बत चयन भएका हुन् । अधिवेशनको तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष कर्णबहादुर गुरुडले उद्घाटन गर्दै तमुको हक अधिकार पूर्ण रुपमा स्थापित नभएको र अधिकारको लागि शान्तिपूर्ण रुपमा अयिभान अगाडी बढाउने बताए । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् गण्डकी प्रदेश अध्यक्ष पदम बहादुर गुरुडको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण परिषद गण्डकी प्रदेश सचिव जीवन गुरुड कुमारले गरेका थिए ।











