पराशरेश्वर महादेव मन्दिरको तामाको छाना रत्नहरी परिवारद्धारा रंगरोगन

पराशरेश्वर महादेव मन्दिरको तामाको छानाको रंगरोगन गरिएको छ । व्यास ५ बेनीपाटनमा रहेको उक्त मन्दिरको छानो रंगरोगन गरेर सुसञ्जित पारिएको हो । पराशर आश्रम संरक्षण समितिद्धारा निर्मित उक्त मन्दिरको रत्नहरी परिवारको आर्थिक सहयोगमा रंगरोगन गरिएको हो । रत्नहरी परिवारका अध्यक्ष एवं पराशर आश्रम संरक्षण समितिका अध्यक्ष ताराप्रसाद श्रेष्ठले तामाको छानोको रंग कालो भएको कारण भाई वुद्धिकुमार श्रेष्ठको सहयोगमा रंग रोगन गरिएको बताए ।

उक्त रंगरोकनको लागि रत्नहरी परिवारले रु १ लाखको लागतमा रंगरोकन गरिदिएको हो । रत्नहरी परिवारले निजी खर्चमा रंगरोकन गरेको पराशर आश्रम संरक्षण समितिका अध्यक्ष सत्यप्रसाद खनालले जानकारी दिए ।

पराशरेश्वर महादेव मन्दिरमा ब्रतबन्ध हुने

पराशर आश्रम संरक्षण समितिको आयोजनामा चैत ८ गते विहिवार सामुहिक ब्रतवन्ध हुने भएको छ । व्यास ५ बेनीपाटन स्थित पराशर आश्रम संरक्षण समिति परिसरमा सामुहिक ब्रतवन्ध गर्न लागिएको समितिका अध्यक्ष सत्यप्रसाद खनालले बताए । सामुहिक ब्रतवन्धको तयारी अन्तिम चरणमा पुगेको उनले बताए । संस्कार र संस्कृति संरक्षण गर्ने तडकभडक नगरी ब्रतबन्ध गर्ने उदेश्यले सामुहिक ब्रतबन्धको आयोजना गरिएको समितिका अध्यक्ष खनालको भनाई छ । समितिले १ हजार ५ सय ५ रुपैयाँमा नै संस्कृति जोगाउन ब्रतबन्ध गर्न लागेको जनाएको छ । ब्रतवन्धको लागि २० जनाले नाम दर्ता गराएको र तनहुँ सहित अन्य जिल्लाबाट समेत सहभागीता रहने बताइएको छ ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.