बुल्दी–चुँदी खोला वृहत सरसफाई अभियानलाई तिब्रता दिन्छु- युवा अभियान्ता सुदिप गफ्फार

दमौलीका युवा अभियान्ता सुदिप गफ्फार (सुदिप) ले बुल्दी–चुँदी खोला वृहत सरसफाई अभियानलाई तिब्रता दिने बताएका छन् । म बदलिए मेरो देश बदलिनेछ” भन्दै विभिन्न सार्वजनिक स्थलहरु एक्लै सरसफाई गरेर प्रशंशा बटुल्दै आएका उनले अबको समयमा बुल्दी र चुदी खोलाको सुन्दरता पुरानै अवस्थामा फर्काउन पहल गर्ने बताएका छन् । शुक्रवार दमौलीमा पत्रकार सम्मेलन गर्दै उनले खोलाको पारिस्थितिकीय स्वास्थ्य पुर्नस्थापना गर्ने, जल प्रदुषण कम गर्दै पानीको गुणस्तरमा सुधार ल्याउन र जलचरका लागि उपयुक्त वातावरण प्रदान गर्नेे उद्देश्यले खोला सरसफाईको अभियान सुरु गर्न लागेको बताए ।

जसअनुसार एउटा वडा तथा टोलवाट १५ जना सम्मको टिम बनाइ धेरै फोहर संकलन गर्नेलाई पुरस्कारको व्यवस्था गर्ने कार्यक्रम ल्याएको शुक्रवार दमौलीमा अयोजीत पत्रकार सम्मेलनमा उनले जानकारी दिए । बैशाख २९ गते बुल्दी खोला तथा जेठ ५ गते चुँदि खोला सरसफाइ अभियान एवम् प्रतियोगिता गर्ने उनले जानकारी दिए । उक्त फोहोर संकलन प्रतियोगितामा प्रथम हुने समुहलाई १० हजार र द्धितिय हुनेलाइ ५ हजार पुरस्कार प्रदान गर्ने उनले जानकारी दिए ।

चुँदी र बुल्दी खोला संरक्षणको लागि यो अभियान ल्याइएको गफ्फारले बताए । अहिले हामीले संरक्षण गर्न सकेनौं भने भोलिका पुस्ताले खोला पनि देख्न नपाउने अवस्था आउन सक्ने भन्दै गफ्फारले यस अभियानलाई सहयोग गर्न सबैलाई आव्ह्वान गरेका छन् । कार्यक्रममा व्यास नगरपालिका वडा नं ५ का पुर्व अध्यक्ष मोहन कुमार श्रेष्ठ, तनहुँ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष कुमार मल्ल, पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पौडेल लगायतको सहभागीता रहेको थियो । आफ्नो अभियानमा आम मानिसको सहभागीता रहने उनले विश्वास समेत लिएका छन् ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.