बेसीशहरमा एएम प्राइम बारिष्टा तालिम एकेडेमी सञ्चालनमा

लमजुङ बेसीशहर नगरपालिका वडा नंं ७ मा एएम प्राइम बारिष्टा तालिम एकेडेमी सञ्चालनमा आएको छ । छिमेकी जिल्ला तनहुँ भानु नगरपालिका ५ का २८ वर्षीय युवा अन्जिल मिया र अलि मियाले बेसीशहरसहित लमजुङवासीलाई जिल्लामै तालिमको सेवा दिने लक्ष्यका साथ शनिबारदेखि सञ्चालनमा ल्याएको हो । यस एकेडेमीको गण्डकी प्रदेशसभा सदस्य भेषबहादुर पौडेलले उद्घाटन गर्नुहुँदै यस एकेडेमीले व्यवसायिक रुपमा केही उद्योग गर्न चाहने र बैदेशिक रोजगारमा जाने र यहाँ कफि सप चाहनेहरुलाई उत्कृष्ट रुपमा दक्ष जनशक्ति उत्पादन गरेर समाज र देशलाई योगदान प्रदान गर्नेछ भन्ने विश्वास ब्यक्त गर्नुभयो ।

साथै उहाँले व्यवसायिक सफलताको शुभकामना दिँदै यस एकेडेमीले राम्रो छाप बनाउने बताउनुभयो । त्यस्तै, लमजुङ उद्योग बाणिज्य संघका महासचिव विपिन श्रेष्ठले जिल्लामै पहिलो पटक यस्ता एकेडेमी खुलेकाले बारिष्टा सिक्न चाहनेहरुका लागि धेरै फाइदा पुग्ने बताउनुभयो । यस एकेडेमी सञ्चालक अन्जिलले यहाँ धेरै यस्ता तालिम सिक्न चाहनेहरु रहेको बुझेको र उनीहरुलाई जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्दै सहज राम्रो सेवा दिनका लागि सञ्चालनमा ल्याइएको बताउनुभयो । यसअघि करिब १० महिना अघि दमौलीमा समेत पहिलो पटक बारिष्टाको एकेडेमी सञ्चालनमा ल्याएको र सो पश्चात् काठमाडौ सामाखुसी हुँदै यहाँ दमौली शाखाको तेस्रो शाखा विस्तार गरिएको उहाँको भनाई छ ।

उहाँका अनुसार करिब १७ लाख रुपैयाँमा सञ्चालन गरिएको छ । सन् २०१३ मा कतार र सन् २०१६ मा ओमनमा समेत यस्तै होटलमा काम गरेको अनुभव भएकाले नेपालमै बसेर केही गर्नुपर्छ भन्ने चाहनाले बारिष्टा एकेडेमी सञ्चालनमा अघि बढिरहेको सञ्चालक अन्जिलले भन्नुभयो । ब्यासिक र एडभ्यान्स बारिष्टा तालिम प्रदान गर्नेछ । त्यस्तै, विभिन्न ७० प्रकारका कफि,मक्टेल लगायतको सेवाहरु समेत रहेको बताइएको छ । कफिको कल्चलर बढाउन समेत र कफिको पारखीहरुका लागि समेत लक्षित गरेर अघि बढेको यस एकेडेमीले बारिष्टा सम्बन्धि तालिम प्रदान गर्दै दक्ष बनाउने उहाँको भनाई छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.