तीब्र गतिमा मस्र्याङ्दी गाउँपालिका भवन निर्माण कार्य

लमजुङ, ७ जेठ

लमजुङको उत्तरी भेगमा रहेको मस्र्याङ्दी गाउँपालिका वडा नं. ८ भुलभुलेमा निर्माणाधीन मस्र्याङ्दी गाउँपालिकाको प्रशासकीय भवनको निर्माण कार्य तिब्र गतिमा अघि बढेको छ । हालसम्म ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको यस गाउँपालिकाका सूचना अधिकारी तथा इन्जिनियर सुरेश गौत्तमले बताउनुभयो । उहाँका अनुसार भवन बेशमेन्ट पार्किङ बाहेक ३ तल्ला रहने यस भवनको आइतबार दोस्रो तल्लाको ढलान कार्य सम्पन्न भएको छ । वेस पार्किङसहित दुई तलाको ढलान निर्माण गर्ने कार्य सम्पन्न भएको छ । यस निर्माणधीन भवनमा २८ वटा कोठा निर्माण हुने उहाँको भनाई छ । विसं. २०८२ जेठ १४ गतेसम्म भवन सम्पन्न गर्नुपर्ने समय रहेपनि यही वर्षको पुस÷माघ महिनासम्म सम्पन्न हुने गाउँपालिकाले जनाएको छ । संघीय सरकारको ६० र पालिकाको ४० को साझेदारीमा यस गाउँपालिकाको भवन निर्माण भइरहेको छ ।

गाउँपालिकाका अनुसार विसं. २०८० जेत १४ गते सम्झौता गरेर कुल ५ करोड ९७ लाख ९६ हजार ४ सय ७० रुपैयाँ ६९ पैसाको इस्टिमेट गरेर शैलेन्द्र–जयज्योति–बोद्धनाथ जेभी विदुर नगरपालिका नुवाकोटले निर्माण गरिरहेको छ । साझेदारीमा निर्माण भइरहेपनि संघीय सरकारबाट हालसम्म जम्मा २० लाख रुपैयाँ मात्र बजेट आएको र समयमा थप बजेट नआएमा भवन निर्माणमा समेत ढिलाई हुन सक्ने गाउँपालिका सूचना अधिकारी तथा इन्जिनियर गौत्तमको भनाई छ । उहाँले गाउँपालिकाले २ करोड ४० लाख जति दिनुपर्नेमध्ये यस वर्ष छुट्याइएको १ करोड रुपैयाँ भुक्तानी गरिसकेको बताउनुभयो । गाउँपालिकामा १८ वटा विभिन्न शाखाहरु रहेका छन् ।

भवनमा अध्यक्ष÷उपाध्यक्षको कार्यकक्षसहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, प्रशासकीय प्रमुखको कार्यकक्ष, पालिका अन्तर्गतका सबै विषयगत शाखाका अलग–अलग कार्यकक्ष, सेवाग्राही अपांङ्गमैत्री ग्राउन्ड फ्लोर, वेसमेन्ट पार्किङलगायत रहने बताइएको छ । हाल सञ्चालन भइरहेको भवनबाट सेवा दिँदा समस्या भइरहेपनि गाउँपालिकाको आफ्नै र सहज भवन भएपछि सेवा दिन र लिनलाई सहज हुने गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । हालभन्दा अझै काम समेत छिटा,े छरिटो र सहज हुने उहाँको भनाई छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.