छुवाछुत उन्मुलन दिवसमा सोमबार दमौलीमा वृहत कार्यक्रम गरिने


शनिबार
तनहुँ – संयुक्त राजनीतिक दलित संघर्ष समिति तनहुँले जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको दिन सोमबार दमौलीमा बृहत कार्यक्रम गर्ने भएको छ ।
संघर्ष समितिले शनिबार दमौलीमा पत्रकार सम्मेलन गर्दै दिवसको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । छुवाछुत र जातिय विभेद गर्नु दण्डनीय अपराध भएपनि समाजबाट अझै पनि छुवाछुत हट्न नसकेको ले जेठ २१ गतेलाई जातिय विभेद र छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको रुपमा मनाउने गरी सम्पूर्ण तयारी पुरा भएको संयुक्त राजनीतिक दलित संघर्ष समिति तनहुँका संयोजक डोवाटे विकले जानकारी दिनुभयो । छुवाछुत गर्नु दण्डनीय अपराध रहेको जानकारी दिन आफूहरुले तनहुँका १० वटै पालिकाबाट दलित र गैह्र दलितको सहभागिता रहने गरी कार्यक्रमको तयारी गरेको गण्डकी प्रदेश आन्तरिक मामिला पूर्व मन्त्री विकले जानकारी दिनुभयो ।
‘‘कार्यक्रमको सम्पूर्ण तयारी पुरा भई सकेको छ’’, संयोजक विकले भन्नुभयो, ‘जातिय विभेद गर्नु हुँदैन रहेछ भन्ने सन्देश प्रवाह गर्न पनि यस कार्यक्रम फलदायी हुने हामीले विश्वास लिएका छौं ।’’
जेठ २१ गतेलाई राज्यले राष्ट्रिय पर्वको रुपमा मनाउन विदा दिनुपर्ने समेत संयोजक विकले बताउनुभयो ।
जेठ २१ गते सोमबारका दिन तनहुँको व्यास नगरपालिका वडा नम्बर ३ अनसन चौतारीबाट करिव १२ बजे १ हजार मानिस सहभागी ¥यालीले दमौली बजार परिक्रमा गरि र सोही वडाको देउराली नगरस्थित तमु भवनमा पुगेर सभामा परिणत हुने समेत संयोजक विकले जानकारी दिनुभयो । दलित र गैह्र दलित सहित सहभागी भई गरिने उक्त कार्यक्रममा करिव ८ लाख खर्च हुने अनुमान गरिएको आर्थिक संयोजक कृष्ण सुनारले जानकारी दिनुभयो ।
कार्यक्रममा दलित मुक्ति मोर्चा केन्द्रिय सदस्य डिलबहादुर नेपाली, नेपाली कांग्रेस जिल्ला सदस्य केशबहादुर सुनार, नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मोहनकुमार विक, दलित मुक्ति मोर्चा केन्द्रिय सदस्य कृष्णलाल विक, युवा लेखक विनोद कुमार विक विकास र नेपाल बार एसोशिएसन तनहुँका पूर्व अध्यक्ष अमृत नेपाली, कार्यक्रमको महिला संयोजक लक्ष्मी परियार र संघर्ष समिति तनहुँका सदस्य सचिव शालिकराम गहतराज लगायतले कानुनले छुवाछुत र जातिय विभेदलाई अन्त्य गरी सकेको सन्देश प्रवाह गर्न पनि कार्यक्रम तय गरिएको बताएका थिए ।
पत्रकार सम्मेलनमा छापा, विद्युतीय संचारमाध्यममा कार्यरत तनहुँका पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
तस्विर पनि छ ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.