भिटोफ गण्डकीको गाउँले गाइड तालिम सम्पन्न


पोखरा, २७ जेठ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् जीवीकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजनाको सहयोगमा यही जेठ २४ गतेदेखि २६ गतेसम्म आवाशीय गाउँले गाइड तालिम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाको प्रतिनिधित्व हुने गरी माउन्ट कैलाश रिसोर्टमा सम्पन्न तालिममा ३१ जनाको सहभागिता रहेको भिटोफ गण्डकीका अध्यक्ष शोभाकुमारी अधिकारी(सापकोटा)ले जानकारी दिनुुभयो । गाउँ पर्यटनको प्रभावकारिता अभिबृद्धिका लागि गाउँले गाइड तालिम आवश्यक महसुस गर्दै तालिम गराइएको उहाँले बताउनुुभयो ।
तालिममा डा. रामजी शर्मा, दीपेन्द्र पहारी, टीकाराम सापकोटा, सरस्वती गौतम, तारानाथ पहारी लगायतले प्रशिक्षण दिनुुभएको थियो ।
तालिमको समापन समारोहमा पोखरा पर्यटन परिषद्का का.वा.अध्यक्ष कृष्ण भण्डारीले यस किसिमको तालिमले गाउँ पर्यटनको विकासमा विशिष्ट योगदान गर्ने बताउनुुभयो ।
भिटोफ गण्डकीका सल्लाकार गणेशबहादुर भट्टराईले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न आग्रह गर्नुुभयो ।
भिटोफ गण्डकीका अध्यक्ष शोभाकुुुमारी अधिकारी सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रशिक्षक डा. रामजी शर्मा, होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुुुवेदी, टान गण्डकीका उपाध्यक्ष कृष्ण आचार्य, भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी, दीगो पर्यटन परियोजनाका नेशनल प्रोजेक्ट कोअर्डीनेटर श्रद्धा श्रेष्ठ, प्रोजेक्ट म्यानेजर धर्म दवाडी, भिटोफ गण्डकीका सचिव लक्ष्मण पहारी, प्रशिक्षार्थी चुडामणि छन्त्याल लगायतले बोल्नुुभएको थियो ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.