फोटो दर्शन 

शार्दूलविक्रीडित छन्द 

१. फोटो माग भयो पठाइन गयो, सोचेर जे जे कुरा  आफ्नै कोमल अङ्ग खुल्छ जसरी उम्रोस् भनी आँकुरा  म हाँसो मुस्मुस राखियो अधरमा, संसार देखोस् भनी  आत्माको भवितव्यमा कुशलता पक्रोस् खुलोस् जीवनी ।

२. ल सोझै नाम नराखियोस् हरफमा कान्ता तथा कामिनी  राख्दा नाम अनामिका गजबले चम्किन्छ मन्दाकिनी  आफैं बादल गरियोस् गगनमा घन्की बजोस् मादल  आओस् अब्बल कल्पना वरफमा पग्लेर गङ्गाजल ।

३. पुष्पा पुष्पित सौरमान प्रतिमा आई पसून् देवल  होस् संकेत सफा विनम्र लयमा, सङ्क्षेपमा केवल फोटो माग भयो पठाइन भयो शङ्का जहाँ व्यर्थमा  आफैं झल्मल छन् सचित्र कविता साहित्यका अर्थमा ।

४. प्राणी प्राण उपासना सरस्वती छन् राधिका मल्लिका  डाके उत्तम तामझाम कविले वाचाल छन् झल्लिका  आभारी म छु भन्दछन् कवि सफा उन्मुक्त आभामय  घेर्छन् मल्मल कीर्तिमान क्षितिमा फोटो तथा वाङ्मय । 

५. फोटो प्रेषित नामबाट जसले राख्छन् मनोभावना  साँचो नाम समेत मूर्त रचना छाप्ने छ सम्भावना  भोले साथ उमा खुला प्रणयमा हेरिन्छ सद्भावना  मामा भन्न छ कामना हृदयको तैयार उत्साहमा ।

६. फोटो बोल्छ तटस्थ खोल्छ मनका जम्मै भकारीहरू  जो प्रारम्भिक तत्वज्ञान गहिरो भर्दै सवारीहरू  नौलो चल्दछ चाल सत्य पथमा आमोद भारी भरी  बास्ना मङ्ङ चलाउने छ रसिलो सम्पन्नता मञ्जरी ।

७. फोटो खोल्छ कुरा यथार्थ मनका सन्देह फाली पर  आत्मानन्द दिलाउने किसिमले सौजन्यमा उर्वर  आफैं चिन्न चिनाउने विषयमा चिम्लेर आँखा बसी  आइन् ब्रह्म मुहूर्तका समयमा विस्तारमा भारती ।

क्रमशः

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.