बृद्धवृद्धाको सम्मान र सहयोगका लागी नगरपालिका हरदम तैयार छ – उपमेयर ईन्दिरा दैरे


व्यास नगरपालिकाका उपमेयर ईन्दिरा दैरेले वृद्धवृद्धाको सम्मान र सहयोगका लागी व्यास नगरपालिका सदैव तत्पर रहेको वताउनुभयो । जीवनको वुढ्यौली उमेरमा समाज र घरपरिवारवाट उचित माया र सम्मान पाउनुपर्ने हुदाँ वृद्धवृद्धाको हेरचाह सवैको दायित्व भएको वताउनुभयो ।


भजन संस्कृतन समुह व्यास ५ द्धारा आयोजित वृद्धववृद्धा सम्मान तथा दर खुवाउने कार्यक्रमको अवसर पारेर उपमेयर दरैले सो कुरा वताएका हुन् । वृद्धवृद्धा आफै पनि अनुभवले पनि पाका हुन्छन् । जसवाट समाजले धेरै कुरा सिक्न सक्ने हुदाँ भजन संकृतन समहुले वृद्धवृद्धाको लागि गरिएको कर्म समाजका लागी अति नै सहनिय भएको वताउनुभयो । घरमा वस्दा वाक्क दिक्क हुने अवस्थामा वुढावुढीको जमघट तथा मनोरन्जनका साथै भजन किर्तनले वृद्धवृद्धाको दैनिकीलाई सहज वनाएको हुदाँ नगरपालिकाले सकेको सहयोग गर्ने वताए ।


दैनिक रुपमा भजन संकृतन समुहमा वृद्धवृद्धा जम्मा भई नाचगान गर्ने, भजन किर्तन गर्ने गर्दा थप जीवन यापन गर्न सहज भएको स्थानीय वृद्ध श्रीलाल श्रेष्ठले वताए । घरमा काम गर्न पनि नसक्ने, घरमा मात्र वस्नुपर्दा दिन कटाउन साहैै गाहे भएको हुदाँ यहि भवनमा आएर सुख दुख साट्न सहज भएको उनको भनाई दियो ।


सो अवसरमा व्यास ५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालले वृद्धवृद्धाको सम्मान नै जीवनको सर्वोत्तम धर्म भएको वताए । वडा कार्यलय सदैव जेष्ठ नागरिकको साथ रहेको हुदाँ आवश्यक सहयोगका लागी तैयार रहेको वताए ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.