प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले वृद्धवृद्धाको सम्मान हामी सवैको दायित्व भएको वताउनुभयो । जेष्ठ नागरिक मिलन केन्द्र तनहुँले आयोजना गरेको खिर खाने कार्यक्रममा प्रजिअ गौतमले सो कुरा वताउनुभएको हो ।
हामी सवै भोलिका कालखण्डमा वृद्धवृद्धा हुनुपर्ने हुदाँ कसैले पनि कसैलाई अभद्र व्यवहार गर्न नहुने प्रजिअ गौतमको भनाई थियो । विभिन्न कालखण्डमा विभिन्न ओहदामा रहेर समाज र राज्यलाई योगदान गरेको हुदाँ राज्य र सवैले जेष्ठ नागरिकको योगदानलाई सम्मान गर्नुपर्दछ । प्रशासन कार्यलयमा सरकारले नै निर्दिशष्ट गरेको राष्ट्रिय परिचयपत्र अनिवार्य वनाउनुपर्ने अवश्थामा वृद्धवृद्धाले पाएको दुख कष्टलाई मनन गरेर प्रशासनले उचित भुमिका वहन गरेको समेत वहाँको भनाई थियो ।

वृद्धवृद्धाले पाउनुपर्ने अधिकार, स्वास्थ्यसेवा र यातायात सेवामा कानुनमा नै स्पष्ट व्यवहार गरेको हुदाँ सरोकारवालासँग छलफल गरेको समेत वहाँले जानकारी दिए । सरोकारवालासँगको छलफलमा मैले प्रष्ट भनेको छु । पाउनुपर्ने सेवा सुविधावाट कोही पनि नागरिक छुट्नुपर्देन । उनको भनाई थियो । जेष्ठ नागरिक मिलन केन्द्र सवैको साझा चौतारी भएको हुदाँ सवैले यो संस्थालाई सहयोग गर्नुपर्ने गौतमले धारणा राखे ।

जेष्ठ नागरिक मिलन केन्द्र तनहुँको अध्यक्ष शालिकराम गिरीको अध्यक्षतामा भएको सो कार्यक्रममा श्रावण १५ को अवसर पारेर वृद्धवृद्धालाई दर खुवाईएको थियो ।








