लायन्स क्लव अफ तनहुँ भानुभक्तद्धारा खाद्यन्न तथा पानी वितरण
लायन्स क्लव अफ तनहुँ भानुभक्तद्धारा व्यास ५ मा रहेको भजन संकृतन समुहद्धारा संचालित जेष्ठ नागरिक दिवाकालिन आश्रमलाई खाद्यन्न तथा पानी वितरण गरेको छ ।
सो कार्यक्रममा लायन्स क्लव अफ तनहुँ भानुभक्तका अध्यक्ष हर्षमान श्रेष्ठले क्लवले समाजिक उत्तरदायित्व अन्तरगत आश्रममा खाद्यन्न तथा खानेपानी वितरण गरेको वताए । संस्थाले विगत देखि नै समाजिक गतिविधि गर्दे आईरहेको छ ।

भजन संकृतन समुहका अध्यक्ष विष्णु गौतमले क्लवले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरे । भजन संकृतन समहुद्धारा संचालित जेष्ठ नागरिक आश्रमले समाजमा रहेको वृद्धवृद्धाको क्षेत्रमा काम गरेको हुदाँ सवैको साथ र सहयोगको आवश्यकता रहेको वताए ।








