बेसीशहरमा नियम विपरीत पसल सञ्चालन

लमजुङ बेसीशहर नगरपालिकामा रहेको अधिकांस किराना, मासु पसल तथा विद्यालय क्यान्टिन नियम विपरीत सञ्चालनमा रहेका छन । बजार अनुगमन टोलीले आज नगरपालिकाको वडा ८ भित्र रहेको अर्थली बोर्डिङ स्कूल देखि बुद्ध मेमोरियल बोडिङ्ग स्कूल चोक सम्मका १६ ओटा विभिन्न पसलमा गरिएको बजार अनुगमनको क्रममा अधिकांस पसल नियम विपरीत सञ्चालनमा रहेको भेटिएको हो ।

उद्योग तथा पर्यटन विकास कार्यालय प्रमुख मिताकुमारी थापा, बजार अनुगमन टोली सदस्य सुशीला श्रेष्ठ, लमजुङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष भारत विष्ट, सञ्चारकर्मी, नेपाली प्रहरी लगायतको टोलीले गरेको अनुगमनमा अर्थलि बोर्डिङ स्कुल, बुद्ध मेमोरियल बोडिङ्ग मा सञ्चालित क्यान्टिन सहित ८ ओटा पसल दर्ता बिना सञ्चालनमा रहेको भेटिएको थियो । त्यस्तै अन्य पसलमा म्याद गुज्रिएका सामग्री, विधालयबाट २०० मिटर नजिक पिय पदार्थ, चुरोट, गुड्का लगायतका सामाग्री भेटिएको उद्योग कार्यालय प्रमुख थापाले बताउनु भयो ।

सो टोलीले ७ ओटा पसललाई कारबाही स्वरूप जरिवाना गरेको उहाँको भनाई छ । उहाँको अनुसार एक हजारदेखि ५ हजारसम्म गरिएको कारबाहीबाट १३ हजार बराबरको रसीद काटिएको थियो । बजार अनुगमन टोली तथा बेसीशहर नगरपालिकाले व्यवसायीहरुलाई पटक पटक सचेत गराउँदै आएपनि बेवास्ता गर्दा अधिकांस पसल नियम विपरीत सञ्चालनमा रहेको पाइएको अनुगमन टोली सदस्य सुशीला श्रेष्ठले बताउनुभयो । पटक पटक नियम अनुसार बेपार गर्न सम्बन्धित निकायले अनुरोध गर्दै आएपनि उनीहरूले बेवास्ता गर्दा नियम अनुसार पसल सञ्चालन गराउन चुनौती बन्दै गएको छ । नियम विपरित पलस सञ्चालन गर्नेहरुलाई ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.