प्रशिक्षणले जनप्रतिनिधीको क्षमता अभिवृद्धि गरेको छ । प्रमुख प्रशाशकिय अधिकृत अधिकारी

म्याग्दे गाँउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारीले गाँउपालिकाका नवनिर्वाचित जनप्रतिनिधी र कर्मचारीहरुको लागी २ दिने योजना तर्जुमा प्रक्रिया तथा प्रभावकारी सेवा प्रवाह विषयक प्रशिक्षण कार्यक्रमले जनप्रतिनिधीहरुको क्षमता अभिवृद्धि हुने वताउनुभएको छ । गाँउपालिकाको आयोजना र स्थानिय विकास प्रशिक्षण प्रतिष्ठानको समन्वयमा भएको सो अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशाशकिय अधिकारीले सो कुरा वताउनुएको हो ।
जनप्रतिनिधीहरु जनताका आम समस्या सँग केन्द्रित हुनुपर्ने तर कानुर र विषयको ज्ञान नहुँदा कार्यसम्पादनमा समस्या परेको वहाँले वताए । कानुनको अज्ञानताले जनताको सानो सानो समस्या पनि समाधान गर्न सकेका छैन, जसले गर्दा सेवाग्राहीहरुको गुनासो वढ्दो छ । अभिमुखीकरण तालिमपछि जनप्रतिनिधीलाई योजना प्रक्रिया, तर्जुमा र कार्यन्वयनका लागी सहयोग गर्दछ, अधिकृत अधिकारीले वताउनुभयो ।
२ दिने प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधीहरुलाई अभिमुखीकरण तालिमका लागी स्थानिय विकास प्रतिष्ठानका उपनिर्देशक हरिकृष्ण कोईराला, व्यवस्थापक अधिकृत उदयनाथ खनाल लगायतले स्थानिय सरकार संचालन कार्यविधिीसम्वन्धि प्रशिक्षण दिनुभएको थियो ।
म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको सो प्रशिक्षण कार्यक्रममा वहाँले अभिमुखीकरण फलदायी भएको वताउनुभएको थियो । स्थानिय सरकारको अधिकार, यसको क्षेत्राधिकार र कार्यदेश अभिमुखीकरण तालिमवाट प्रष्ट भएको छ । अव यसको सफल कार्यन्वयन नै हाम्रो मार्गचित्र वन्नेछ ।
यसैगरि म्याग्दे गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले नयाँ जनप्रतिनिधीलाई तालिमले सहजता थपेको वताए । अन्यौलतामा रहेका जनप्रतिनिधीका लागी यो कार्यक्रमले नयाँ उर्जा थपेको छ । शासन संचालनको अवगत नहुदाँ अन्यौलता थपेको हुदाँ सिकाईलाई व्यवहारिक कार्यन्वयनमा जानुपर्ने वताएका थिए ।
कार्यक्रममा स्थायिन तहको योजना तर्जुमा, मध्यमकालिन खर्च संरचना, सकारत्मक सोच र स्थानिय तहम सुशासन प्रर्वधन, स्थानिय तहको असल अभ्यास, संघ, प्रदेश र स्थनिय तहको अन्तरसम्वन्ध, स्थानिय तहको राजश्व अधिकार तथा अन्तर सरकारी वित्तिय हस्तान्तरण, सार्वजनिक खरिद, वस्ती विकास योजना लगायतका विषयमा प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिईएको थियो । गाँउपालिकाका अधिकृत श्रीराम खनालले संचालन गरेको सो कार्यक्रममा नयाँ जनप्रतिनिधी र कर्मचारी हरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.