नेपाल कम्युनिष्ट पार्टी (एमाले) व्यास १ वडा कमिटीद्वारा आयोजित शुभकामना तथा चियापान कार्यक्रम

आशिष पौडेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) व्यास १ वडा कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम तथा चियापान कार्यक्रम व्यास १ चारकुने सम्पन्न भएकाे छ । नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सल्लाहकार परिषद सदस्य एक बहादुर राना, गण्डकी प्रदेश सदस्य अमर भण्डारी, नेकपा एमाले तनहुँ जिल्ला उपाध्यक्ष हरि राज कंडेल त्यस्तै पार्टीका अन्य पदआसिन व्यक्तित्व र गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार चुडामणि दाहाल सहित सहभागीता हुनुहुन्थ्यो। विभिन्न चाड पर्व संगै विभिन्न कार्यक्रम गर्दै आएको व्यास १ वडा कमिटीदले दशैं लाई लक्षित गरेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हाे ।

शुभकामना दिने क्रममा सचिव राजेश्वर ढकालद्वारा आउदो निर्वाचनमा पार्टीलाई सकृय बनाउने कुरालाई उठाउन भएको थियो। साथै जहानियाँ शासन जस्तै कांग्रेसले जहानियाँ प्रवृत्ति र माओवादी जनयुद्ध चलाएको पार्टी सत्तामा रहेको र सोही किसिमको शासन गरेका छन् । राष्ट्र निर्माण को सन्दर्भमा नेकपा एमालेले भुमिका निर्वाह गर्ने छ भन्दै दशैं को शुभकामना दिनु भएको थियो ।

जिल्ला उपाध्यक्ष हरिराज कंडेल द्वारा राष्ट्रिय राजनीतिमा मा नेकपा एमाले मा क्रियाशीलता को खाचो, असत्य माथि को विजय झै मुलुक मा एमालेले समृद्धि र समुन्नति एवं समाज रुपान्तरणको बनाउने विषयलाई सम्बोधन गर्नु भएको थियो ।

साथै प्रदेश सदस्य भण्डारी ” सम्पूर्णमा सुखी वाट नै देशमा समृद्धि, रोजगारी र समुन्नति ल्याउन खाचो रहेको बताउनुभयो । तथा असत्य माथिको विजय जस्तै देशमा शान्ति र समृद्धिको अनि देशले निकास पाओस् भन्दै समाजमा चाड लाई सरल ढंगले मनाउन अागंह गरे।

शुभकामना आदानप्रदान कार्यक्रम मा शुभकामना प्रमुख अतिथि रानाले पार्टी को तर्फ र व्यक्तिगत तर्फबाट शुभकामना दिदै चाड पर्व जगेर्ना गर्नु पर्ने भन्नुभयो । नागरिकता को विषय उठाउदै फिजी को उदाहरण सहित हाम्रो देशमा पनि सोही अवस्था नआउला भन्न सकिन्न भने कुरा समाहित गर्नु भएको थियो । विद्वान तथा राजनेताले गरेको संकेतलाई अनर्थ गर्दै सुदुर भविष्य अन्धकार रहेको भन्नु भयो । राष्ट्रियता बचाउने राष्ट्रपति को कदमलाई नकरात्मक व्याख्या गर्ने प्रवृत्ति भएको, सम्पुर्णलाई राष्ट्रिय विषयमा सोच्न आवश्यक भननु भयो । त्यस्तै एमाले सहि बाटोमा छ र समृद्धिको खाका र योजना तथा विभिन्न दुरदृष्टि योजना एमाले संग रहेको उहाँले बताउनुभयो ।

कार्यक्रमकाे अध्यक्षता ग्रहण गर्नु भएको वडा कमिटी कार्यभार अध्यक्ष सरु कुमाल आफ्नो कर्तव्य निभाउने साथै शुभकामना दिदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.