भीमाद, तनहुँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ क्षेत्र नं २ (ख) का उम्मेदवार केदार सिग्देलले एमालेले मात्र देशको राष्ट्रियता र स्वाभिमान जोगाउन सक्ने वताउनुभएको छ । देशमा धेरै सरकार वन्यो, तर केपी ओली नेतृत्वको सरकारले मात्र देशको स्वाभिमान, राष्ट्रियता र सार्वभौमसत्ताको वारेमा वोल्यो । देश र जनता भन्दा ठुलो पद र शक्ति हुदैन । एमाले देश र समाज परिवर्तनका लागी सधै लडिरहन्छ, उम्मेदवार सिग्देलले वताए ।
देशको राष्ट्रियता र सार्वभौमसत्तामा खतरा आँउदा, विदेशी हस्तक्षेपले सिमा नाग्दा एमालेका अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले जुन अडिगताका साथ विदेशी सँग मुकाविला गर्नुभयो । त्यही नै नेकपा (एमाले)को पुजँी हो । देश र जनताको रक्षा गर्न एमाले सधै तैयार छ, चुनावी सन्दर्भमा जनता भेटघाट कार्यक्रममा सिग्देलले वताए ।
सरकार वन्नु र ढल्नु ठुलो कुरो हैन । तर देश र राष्ट्रियताको जगेर्ना विशेष काम हो । सरकारले रहेर कसले कति काम गरयो, त्यो अव जनताले हेर्नुपर्दछ । फेरि पनि देशमा स्थिर सरकार र जनताका सरकारको लागी नेकपा (एमाले) ले जित्नुपर्ने हुदाँ आम जनताले तटस्थ भएर ओली सरकारको काम र कारवाहीलाई नियाल्न आग्रह गर्नुभयो । सरकार देश र जनताप्रति उत्तरदायी हुनुपर्दछ, जुन नेकपा (एमाले) र ओली नेतृत्वको सरकारले मात्र गर्न सक्दछ, सिग्देलले वताए ।
म नेकपा (एमाले) को वफादार सिपाही हो । विचार र सिद्धान्तमा अडिग छु । जनताको परिवर्तनका पक्षमा देशका पक्षमा सधै रहनेछु । जनताको मतलाई मैले कुठाराघात गरेको छैन, हाम्रो लागी जनता नै सर्वोपरि हुन् । अत अव पनि देश र जनताको रक्षाको लागी नेकपा (एमाले) लाई भोट दिनुहोस, सिग्देलले वताउनुभयो ।








