म्याग्दे–तनहुँ
नेकपा (एमाले) क्षेत्र नं २ क्षेत्रिय निर्वाचन परिचालन कमिटीको वैठक सम्पन्न भएको छ । कमिटीको संयोजक रत्नादेवी घिमिरेको अध्यक्षतामा भएको वैठकमा पार्टीको तर्फवाट प्रतिनिधीसभा र प्रदेशसभा उम्मेदवारको चुनावी कार्यक्रम, घरदैलो अभियान, प्रचारप्रसार सम्वन्धि विषयमा छलफल भएको थियो ।

वैठकले निर्वाचन अवधिसम्मको कार्यक्रम समेत तय गरेको छ । नेकपा (एमाले) म्याग्दे गाँउकमिटीको अध्यक्ष वसन थापा ले निर्वाचनमा आफनो पार्टीका उम्मेदवारलाई विजयी गराउन सवै आफनो आफनो तर्फवाट खट्नुपर्ने वताउनुभएको थियो ।

यसैगरि कार्यक्रमका अध्यक्ष घिमिरेले अगामी निर्वाचनमा आफनो उम्मेदवारलाई जिताउन हरेक टोल टोलमा गएर पार्टी र उम्मेदवारको पक्षमा मत माग्न आग्रह गर्नुभएको थियो । सो अवसरमा निर्वाचन परिचालन गर्नका लागी विभिन्न समिती हरु समेत गठन गरेको छ ।
नेकपा (एमाले) तनहुँ क्षेत्र नं २ मा प्रतिनिधीसभाको उम्मेदवारमा किरण गुरुङ, प्रदेश (क) मा श्यामराजा महत र (ख) मा केदार सिग्देललाई प्रतिष्पर्धामा उतारेको छ ।








