विकास र समृद्धिका लागी एमालेलाई भोट दिनुहोस – एकवहादुर राना

तनहुँ, क्षेत्र नं १

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ, क्षेत्र नं १ का उम्मेदवार एकवहादुर रानाले विकास र समृद्धिका लागी एमालेलाई भोट दिन आग्रह गर्नुभएको छ । आफुले जनताको समस्यालाई नजिकवाट नियालेको वताउनुभएको छ । ४ दशक देखि राजनितीमा लागेर जनताको समस्यालाई वुझेको छु । ननिर्वाचित जनप्रतिनिधीवाट जनताको समस्या सम्वोधन हुन सकेन । अत जनताले मलाई न्याय गर्नुहुनेछ भन्ने आशा गरेको छु, रानाले भन्नुभयो ।
आफु सधै जनताको समिपमा भएर पनि अवसर नपाएर काम गर्न नपाएको हुदाँ अवको निर्वाचनवाट न्याय दिन समेत रानाले अनुरोध गर्नुभयो । पार्टीले टिकट दिएपनि जितको अवसर नपाँउदा विकास निर्माण र जनताको समस्या समाधान गर्न सकिएन । सधै राजनिती र जनताको लागी जीवन व्यतित गरेको छु । अवश्य पनि मुल्यांकन गर्नुहुनेछ, रानाले भन्नुभयो ।
चुनावी प्रचारको सिलसिलामा जनताको घरदैलोमा भोट माग्ने क्रममा रानाले सो कुरा वताउनुभएको हो । राजनितीको विभिन्न कालखण्डमा सधै जनतासँगै छु । यो क्षेत्रवाट विभिन्न व्यक्तिहरुले चुनाव जितेर जानुभयो, तर जनता र विकास प्रति उत्तरदायी हुनुभएन । तसर्थ विकास र समृद्धीको लागी नेकपा एमालेले विजयी गराउनुहोस, एमालेले जनताको समस्या समाधान गर्दछ, रानाले भने ।
नेकपा एमालेले राष्ट्रियताको मुद्धा, जनजिविका, विदेश सँगको सम्वन्ध र विकास निर्माणमा महत्वपुर्ण भुमिका खेलेको छ । देश र जनताको सर्वाङ्गिण विकासको लागी नेकपा (एमाले) को विकल्प छैन । समाज र देश परिवर्तनका लागी एमालेलाई जिताउनुहोस, रानाले भने ।
चुनावी दौरानको अवसरमा एकवहादुर राना क्षेत्रका विभिन्न वडा, टोल र क्षेत्रमा चुनावी अभियानमा जुटेका छन् ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.