विकासमा तिव्रता, खानेपानी, वाटो र शिक्षामा प्राथमिकता- हिरालाल गुरुङ, वडाध्यक्ष, म्याग्दे – ६

विकासमा तिव्रता, खानेपानी, वाटो, शिक्षामा प्राथमिकता दिने म्याग्दे गाँउपालिका वडा नं ६ का वडाध्यक्ष हिरालाल गुरुङले वताएका छन् । जनताको आधारभुत आवश्यकता नै शिक्षा, स्वास्थ्य र खानेपानी भएको हुदाँ आफुले जनताको चाहना वमोजिम काम गरेको वताए ।


मेरो वडा पालिका भित्रको भुगोलमा सवैभन्दा ठुलो वडा हो । जहाँ अझैसम्म मोटरवाटो पुग्न सकेको छैन । वडाभित्र जानका लागी दमौली वाट जानुपर्ने वाध्यतालाई हटाउदै वाटोको ट्रयाक खोल्ने काममा लागेको छु, वडाध्यक्ष गुरुङले वताए । वडाको सर्वलाङ्ग, गाँउस्वराँ वडाको नै विकट क्षेत्र भएको हुदाँ त्यहाँ सम्म वाटो जोड्नका लागी लागिरहेको छु यसका लागी सम्वन्धित निकाय सग समन्वय गरिरहेको वडाध्यक्ष गुरुङ्गले वताए ।
वडामा आउने वजेट ७८ लाख मात्र हो, त्यहि भित्र रहेर लक्षित वर्ग, ज्येष्ठ नागरिक, दलित, अपाङ्ग वर्गको कार्यक्रम वनाउने पर्ने वाध्यतामा हामी छौ, त्यसमा पनि १० टोल रहेको छ विकास निर्माणमा ६० लाख छुट्टयाएका छौ, जसले गर्दा टुक्रे योजनाले विकास नदेखिने समस्या छ, वडाध्यक्ष गुरुङ्गले भने ।


हिजो चुनावमा गरेको वाचा भुलेको छैन, जनतालाई सेवा दिनका लागी वडा कार्यलयमा नै मेरो आफनो व्यक्तिगत तलव खर्चेर कार्यलय सहयोगी राखेका छौ, ताकी जनतालाई कागजी काम गर्न सहज होस । जनताको आवश्यकता भन्दा अन्य कुनै नियत छैन, वाकी रहेको तलव पनि विभिन्न आमासमुह, क्लव, शिक्षा,स्वास्थ्यमा खर्च गरेको वडाध्यक्ष गुरुङले वताए ।
जनताको न्युनतम आधारभुत आवश्यकतामा ध्यान दिएका छौ । कृषिको योजना भएता पनि पर्याप्त मात्रामा वजेट नहुँदा त्यसले मुर्त रुप पाएको छैन । त्यसवाहेक वडावाट पाउने सेवामा जनतालाई वडासरकारको प्रत्याभुत गराएको वडाध्यक्ष गुरुङले वताए ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.