मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरुद्ध तनहुँको सदरमुकाम दमौलीमा मार्च पास सम्पन्न भएको छ । साम्राज्यवादी हस्तक्षेपको विरोध गरौ । राष्ट्रिय स्वाधीनताको रक्षा गरौ भन्ने मुल नाराको साथ सम्पन्न भएको मार्च पास कार्यक्रम नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवं तनहुँ ईन्चार्जक क. निशानको अध्यक्षतामा भएको थियो ।
देशमा अहिले कसले देश वेच्ने भन्ने प्रतिष्पर्धा चलेको वताए । कर्मचारी र नेताहरु जसरी पनि लिगलिगकोट दौडने तैयार रहेको र एमसीसीको मतियार वन्न हानाथाप वनेको वताए । एमसीसी नेपालको हितमा नरहेको र यसको विरुद्ध जनतामा गएर नाङ्गोझार वनाउने वताए । तनहुँमा पनि व्यास १३ को पोखरीभन्ज्याङ्गमा विद्युतको नाममा जग्गा अधिग्रहण गरेको तर त्यसको विरुद्ध आम जनताले मुद्धा दिएता पनि सरकारको रवैयाको कारण उक्त स्थानमा भवन वनिरहेको समेत विकले वताए ।

एमसीसीले जग्गा अधिग्रहण गरेको हरेक जिल्लामा गएर पार्टीले जनचेतना फैलाउने काम गरिरहेको छ । हामीले यसको विरुद्धमा आवाज उठाएका छौ, तर प्रशासन पनि मुकदर्शक वनिरहेको छ । त्यसैले यसको प्रतिवाद गर्नु आम जनताको कर्तव्य भएको वताए ।
जनताको हितका लागी ज्यानको समेत आहुति दिनेछौ, तर अमेरिकको साम्राज्यवाद सहन सक्दैनौ, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवं तनहुँ ईन्चार्जक क. निशानले भने । सो अवसरमा एमसीसीको विरुद्धमा सागंतिक नृत्य समेत गरिएको थियो ।









